• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

मत नदिएकालाई पछुतो हुने गरी काम गर्छु : सुशिल खड्का

  • २०८२ फाल्गुन २३, शनिबार

बागलुङ । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल खड्काले जनताले दिएको अभिमत अनुसार काम गरेर देखाउने प्रतिवद्धता जनाउनु भएको छ ।

निर्वाचित भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रमाणपत्र बुझ्दै खड्काले बागलुङवासीको साझा जनप्रतिनिधिका रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

मतदानको दिनसम्म म घण्टी चिन्हको थिए, मतदाताले घण्टीमा मतभ दिएर मलाई जिम्मेवारी दिएपछि अब म घण्टीको मात्रै होइन, समग्र बागलुङवासी जनताको प्रतिनिधि भएको छु, नवनिर्वाचित सांसद खड्काले भन्नुभयो, –‘मतदातासंग काम गर्ने अवसर दिनुस् भनेको थिए, अवसर पाएको छु, सबैको साझा जनप्रतिनिधि बनेर काम गर्छु ।’

यो चुनावमा मलाई मतदान नगर्नु भएका मतदाताहरुले अर्को पटक त दिनु पर्ने रहेछ भनेर मत दिने गरी काम गर्छु, खड्काले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

बागलुङ क्षेत्र नं. १ का दुइ दर्जन भन्दा बढी मतदान केन्द्रमा मतदानको दिनमा पुगेर प्रत्यक्ष मतदातालाई भेट्दा सबैले यस पटकको निर्वाचन शान्त, सुरक्षित र निष्पक्ष रुपमा सम्पन्न भएको जानकारी पाएको भन्दै खड्काले निर्वाचनमा खटिनेहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

  • २०८२ फाल्गुन २३, शनिबार