• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

क्षत्री समाज बागलुङको अध्यक्षमा पुनःमहत

  • २०८२ चैत्र ९, सोमबार

बागलुङ । क्षत्री समाज बागलुङको अध्यक्षमा रुद्र बहादुर महत सर्वसम्मत चयन हुनुभएको छ । समाजको १८ औं वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनबाट महत दोस्रो कार्यकालका लागि अध्यक्ष चयन हुनु भएको हो ।

कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राधिकाकुँवर केसी, महिला उपाध्यक्षमा भीमकुमारी क्षत्री, उपाध्यक्षमा सुवेदार हिमबहादुर खड्का र रुद्र बहादुर जिसी, सचिवमा लोक बहादुर खड्का, सह–सचिवमा मञ्जु माया क्षत्री र कोषाध्यक्षमा प्रविन थापा चयन हुनु भएको छ ।

समितिका महिला सदस्यहरुमा सरिता थापा क्षत्री, उजेली खत्री, रेणु केसी हमाल, सीताथापा, हिमशिला खत्री कुँवर, कल्पना चालिसे र कृष्ण कुमारी क्षत्री रहनु भएको छ ।

यस्तै खुल्ला तर्फका सदस्यहरुमा विश्व गौतम क्षत्री सुवास, सर्वजित केसी, अम्बर बहादुर क्षत्री, मनोज कुमार क्षत्री, यामबहादुर खड्का, अकिल बहादुर केसी ध्रुव, कृष्ण बहादुर कार्की र विष्णु बहादुर खड्का सर्वसम्मत चयन भएको क्षत्री समाज बागलुङले जनाएको छ ।

२०६५ असार १९ गते स्थापना भएको क्षत्री समाज बागलुङले स्थापना कालदेखि नै सामाजिक, सांस्कृतिक तथा रचनात्मककार्यहरु गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी बनाउने प्रतिवद्धता अध्यक्षमहतले व्यक्तगर्नु भएको छ ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन समाजका संस्थापक अध्यक्ष समेत रहेका संरक्षक बाबुराज कार्कीले गर्नु भएको थियो । राष्ट्रिय अखण्डता,जातीय सद्भाव तथा क्षत्री समुदायको हकहितका लागि सदैव एकजुट भएर लाग्नुपर्ने कुरामा कार्कीले जोड दिनुभयो ।

समाजका अध्यक्ष रुद्र बहादुर महत क्षत्रीको अध्यक्षता तथा स्वागत र सचिव कविराज क्षत्रीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल भाषा मङ्काखलका अध्यक्ष जयरामभारी, क्षत्रीसमाज पर्वतका अध्यक्ष सरस्वती भण्डारी, समाजका विशिष्ट सदस्य डा। रामबहादुर के।सी, क्षत्री समाज नेपालका केन्द्रीय सदस्य खड्गबहादुर ९जीवन० भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्षत्री समाज बागलुङका विभिन्नगतिविधि समेटेर प्रकाशन गरिएको क्षत्री स्मारिका–२०८२ को प्रमुख अतिथि बाबुराज कार्की र विशिष्ठ अतिथि वरिष्ठ सर्जन डा। यामबहादुर रोकाले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

मुलुक चिनाउन महत्वपूर्णकाम गरेका बागलुङ जिल्लाका क्षत्री समुदायका विभिन्न ५ जना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा गण्डकी मेडिकल कलेजमा कार्यरत वरिष्ठ सर्जन बा।न।पा–१३ निवासीडा यामबहादुर रोका, सगरमाथा हिमाल सफल आरोहण गर्ने काठेखोला–२, भिमापोखरामा जन्मनु भएका बानपा ३ निवासी कृष्ण केसी, सगरमाथाको नयाँ उचाइमापन गर्ने नापीविभागका अधिकृत इञ्जिनियर बा।न।पा–८, सिगाना निवासी रविन कार्की, गिनिज बुकमा नाम लेखाउन सफल कोरियो ग्राफी बा। न। पा–८, सिगाना निवासी सौगात कार्की र बीर गोर्र्खार्लीको रुपमा कृति चत्र पाउने बानपा–८, सिगाना निवासी क्याप्टेन डिलबहादुर क्षेत्री हुनुहुन्थ्यो । समाजका जेष्ठ शेयर सदस्यहरु मध्ये ८० वर्षउमेर पुगेका आजीवनसदस्यहरु ३५ जनालाई सम्मानगरिएको थियो ।

समाजमा उत्कृष्ट कार्य सम्पादन गर्ने सल्लाहकारहरुमध्ये खड्गबहादुर भण्डारी जीवन, तेजबहादुर खत्री र यामबहादुर खड्काका साथै सचिवालय सदस्य खेमकुमारी नायक र कार्यसमिति सदस्य सरिता थापालाई सम्मान गरिएको थियो । कर्मचारी दिपिका खड्कालाई नगद ५ हजार सहित पुरस्कृत गरिएको थियो ।

साधारणसभाले अध्यक्षको प्रतिवेदन, सचिवको सांगठनिक एवम् प्रगति प्रतिवेदनको साथै आगामी वर्षका कार्यक्रमहरु, आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन अनुमोदन तथा पारित गरेको सचिव कविराज क्षत्रीले जानकारी दिनुभयो ।

 

  • २०८२ चैत्र ९, सोमबार