बागलुङ । पत्रकार महासंघलाई कलमजिवी पत्रकारको पक्षमा उभिन आवश्यक रहेको मिडिया मेलाका सहभागीहरुले सुझाव दिएका छन् ।
पत्रकार महासंघलाई कस्तो बनाउने भन्ने प्रश्नमा विशुद्ध पत्रकारको हकहितमा काम गर्नुपर्ने सुझाव पेश गरिएको छ । पत्रकार महासंघलाई पत्रकारको हकहितकेन्द्रित गर्न आवश्यक रहेकोको सुझाव दिएको थियो ।
पत्रकार महासंघ संगठनका हिसाबले संस्थागत भएपनि पत्रकार उत्पादन, पेशागत संरक्षण र श्रमजिवीको पक्षमा कमजोर हुँदै आएको बागलुङ मिडिया मेलामा आयोजित ‘पत्रकार महासंघ : अब कस्तो बनाउने ?’ वहसमा मन्थन गरिएको छ । पत्रकार महासंघका पूर्व अध्यक्षद्वय राम बहादुर जिसी र मुकेशचन्द्र राजभण्डारीले ‘पत्रकार महासंघ संस्थागत बन्दै गएकाले अब पत्रकार संस्थागत हुनुपर्नेमा जोड दिनुभएको थियो । सहजकर्ता पत्रकार बिजय रानाले पत्रकार महासंघलाई भागवण्डा, दलीयकरण र सिमित दायराबाट कहिले मुक्त गराउने भन्ने प्रश्नमा पूर्व अध्यक्षद्वय जिसी र राजभण्डारीले २५ वर्ष अघिको महासंघ र अहिलेको महासंघमा निकै फेरबदल भएको बताउदै महासंघ अब पत्रकारको पक्षमा उभिन थालेको बताएका छन् ।

“झोलामा भएको पत्रकार महासंघ बागलुङ शाखाको आफ्नै भवन छ, पत्रकारमुखी कार्यक्रम समेत भएका छन् तर पत्रकार उत्पादन छैन, पत्रकार महासंघ महासंघको गरिमा कायम गर्न थप शसक्त भएर लाग्नुपर्दछ” सहजकर्ता बिजय रानाको प्रश्नमा पूर्व अध्यक्ष राम बहादुर जिसीले भन्नुभयो “महासंघ संस्थागत हुँदै जाने, पत्रकार पलायन भइरहने अवस्थाले भविश्यमा पत्रकारको संकट, खुम्चदो विज्ञापन बजार, सामाजिक सन्जालको चुनौती, नयाँ प्रविधिको चुनौती सृजना भएको छ, पत्रकार उत्पादन, श्रीमजिवी पत्रकारको हकहित र पत्रकारको सुरक्षा महासंघको पहिलो काम हुन आवश्यक छ ।”
पत्रकार महासंघमा नेतृत्वका लागि विचारलाई बन्धक बनाएको उदाहरण छ नि भन्ने प्रश्नमा पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पत्रकार महासंघले पत्रकारको सुरक्षा, पारिश्रमिक र नयाँ–नयाँ तालिम ल्याउनुपर्ने बताउनुभयो । उहाँले पत्रकार स्वतन्त्र भएकाले सव्तन्त्रताको हकहितमा लाग्नुपर्ने र अहिलेको पत्रकार महासंघ श्रमजिवी पत्रकारहरुको नेतृत्वमा पुगेको बताउनुभयो । “कुनै समय सक्रिय पत्रकार बिहीनको महासंघ थियो, अहिले क्रमश निस्कृय पत्रकारहरु हटेका छन्, अब समाचार लेख्ने पत्रकारको मात्रै महासंघ हुनुपर्दछ, काम गर्ने पत्रकारलाई महासंघले पहिचान गर्ने र क्षमता बढाउने गर्न आवश्यक छ ।
२५ वर्ष अघि झोलाको महासंघ आफ्नै भवनमा पत्रकारको पक्षमा काम गरिरहेको पूर्वअध्यक्षद्वयले जानकारी गराउनुभएको थियो । कार्यक्रममा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूले पत्रकार महासंघलाई अझ प्रभावकारी, उत्तरदायी र पेशागत हितको पक्षमा सक्रिय बनाउने विषयमा आफ्ना धारणा राखेका थिए । वक्ताहरूले पत्रकारको पेशागत सुरक्षा, श्रम अधिकार, सञ्चार माध्यमको विश्वसनीयता तथा डिजिटल युगमा पत्रकारिताको चुनौतीबारे चर्चा गरेका थिए । छलफलका क्रममा सहभागीहरूले महासंघले पत्रकारहरूको क्षमता विकास, प्रेस स्वतन्त्रताको संरक्षण र नयाँ पुस्ताका पत्रकारलाई समेट्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो । मिडिया मेलाअन्तर्गत आयोजित यो बहसले पत्रकारिता क्षेत्रको वर्तमान अवस्था र आगामी दिशाबारे गम्भीर बहसको वातावरण सिर्जना गरेको पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले बताउनुभयो ।