बागलुङ । २०५२ सालमा बुबाको साथ लागेर ठेका–ठेकी बेच्न बागलुङको चैते दशैं मेलामा आउनुभएको टिका बहादुर चुदारा ३० वर्ष यता मेलामा निरन्तर भेटिनुहुन्छ ।
जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका टीका बहादुर चुदाराको ठेका–ठेकीको व्यापारले ३० वर्षदेखि मेलामा निरन्तरता पाउदै आएको छ । ६२ वर्षका चुदारा २०५२ सालको चैते दशैंमा ठेका बेच्न आएको स्मरण गर्दै त्य यता निरन्तर रुपमा मेलामा ठेका–ठेकी र मदानी ल्याएर बिक्रीका लागि आउने गरेको बताउनुभयो ।
गाउँ–गाउँमा पुगेर अदियामा काठको ठेका–ठेकी बनाएर चैते दशैं मेलामा बिक्री गर्न ल्याउने चुदाराको भनाई छ । बागलुङमा मात्र होइन अन्य जिल्लाका दूर दराजसम्म पुगेर ठेका बनाउने र मेलामा लिएर व्यपार गर्ने चुदाराको भनाई छ । बाउ, बाजे र काकाहरुबाट १२ वर्षकै उमेरदेखि ठेका बनाउन थालेको बताउदै ठेका बनाउने पेसा पुस्तान्तरण नभएको बताउनुभयो ।
हिजोआज काठका ठेकीको प्रयोग निकै कम हुँदै गएपनि परम्पार धान्न टीका बहादुर चुदारा ३० वर्षदेमि मेलामा आउने गरेको बताउनुहुन्छ । दशक अगाडि काठमा सामग्रीको बढी प्रयोग हुने गरे पनि पछिल्लो समय प्रयोगविहीन हुन थालेकोमा चुदाराको चिन्ता छ ।
काठको ठेका प्रयोगका फाइदा नबुझ्दा व्यापार खुम्चिएको उहाँको भनाई छ । स्थानीय उत्पादनको खस्केको व्यापार परम्परा धान्न मात्रै निरन्तररुपमा गर्दै आएको स्थानीय टिका चुदाराले जानकारी दिनुभयो । चुदाराले २०५२ सालको चैते दशैंदेखि हाल सम्म निरन्तर ठेका–ठेकी र मदानीको व्यापारका लागि आएको बताउदै व्यापार नभएर परम्परा मात्रै धान्ने काम भएको बताउनुभयो ।
“दुख मात्रै हो, अब बुढेसकालमा पेसा परिवर्तन गर्ने कुरा भएन, ठूला ठेका बिक्री हुनै छोडे, सजावटका लागि बजार बस्नेले साना ठेका ठेकी खरिद गरेर लान्छन्” चुदाराले भन्नुभयो “पुस्तान्तरण छैन, छोरा नातीहरु अरुनै पेशामा लागिसेको आफै बाचुन्जेल यही पेशामा लागिन्छ, घर खर्च त टर्दै आएको छ, पहिला जस्तो कमाई छैन ।”
गाउँका बारीमा रहेको गुराँस र दारको काठबाट बनाइने ठेका–ठेकी आयातित भाँडाकुँडाभन्दा स्वास्थ्यका लागि फाइदा हुने भन्दै यस तर्फ कसैको ध्यान नगएको चुदाराको भनाइ छ । चुदाराका दुई छोराले यो पेसाबाट अलग भइसकेका छन् । परम्परागत पेशाले जीवन धान्न समस्या भएको भन्दै पेशा परिवर्तन गरेको उहाँको भनाई छ । ठेकालाई एक मानाको १२ सय रुपैयाको हिसाबले बिक्री गर्ने चुदाराको भनाई छ । सामान्यतया एउटा ठेकालाई ८ हजार देखि १० हजार सम्म पर्ने गरेको छ ।