• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

दिगो पर्यटन प्रर्वद्धन परियोजनाका कामको संयुक्त अनुगमन

  • २०८२ चैत्र २६, बिहीबार

बागलुङ । बिवाइसी बागलुङ अन्र्तगत सञ्चालित दिगो पर्यटन प्रर्वद्धन परियोजनाले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा सञ्चालन गरेका योजना तथा कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ ।

दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्र्तगत सञ्चालन गरिएका विभिन्न तालिम, पर्यटक सूचना केन्द्र निर्माण, घरबास स्थापना र सहकारीको आलुचिप्स भवन निर्माण लगायतको स्थानीय जनप्रतिनिधि, पालिकाका कर्मचारी, गैर सरकारी संस्था महासंघ, बिवाईसीका पदाधीकारी तथा कर्मचारी र पत्रकारको समूहले संयुक्त रुपमा दुई दिन अनुगनम गरिएको हो ।

ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा साढे दुईवर्ष यता सञ्चालन गरिएका कार्यक्रम, तालिम तथा पूर्वाधार निर्माणको कामको अनुगमन गरिएको थियो ।

टिडिएच जर्मनीको सहयोगमा सञ्चालितका दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्र्तगत अहिले सम्म भएका कामको सरोकारवाला निकायहरुबाट अनुगमन तथा पृष्ठपोषण ल्याइएको बिवाइसी बागलुङको सचिव बिक्रम पौडेलले जानकारी दिनुभयो ।

परियोजना अन्र्तगत १५० जना युवा युवतीहरुको क्षमता विकास, होटल व्यवस्थापन, ट्रेकिङ गाईड, बेकरी तथा बारिष्टा तालिम समेत प्रदान गरिएको सहसचिव प्रेम केसीले जानकारी दिनुभयो ।

अनुगमनमा गैर सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुतिmराम सापकोटा, ढोरपाटन नगरपालिका–८ का वडा अध्यक्ष भद्रमणी सुनार, ढोरपाटन–६ का वडा अध्यक्ष उमेश बुढामगर, निसीखोला गाउँपालिका–५ का वडा अध्यक्ष हर्कमान घर्ती तथा ढोरपाटन नगरपालिका–७ को वडा अध्यक्ष धन बहादुर अदै, घरबास सञ्चालक, सहकारी सञ्चालक लगायतको सयुक्त उपस्थितिमा अनुगमन गरिएको थियो ।

निसीखोला महिला बुहुउदेश्यीय सहकारी, बोबाङ बहुउदेश्यी सहकारीसंस्थाको आलुचिप्स निर्माण गर्ने भवन, ढोरपाटनको पाखाथर घरबास, निसीखोला गाउँपालिकाको बुढाथोक नाखा घरबास तथा ढोरपाटन सिकार आरक्षको हाताभित्र निर्माण गरिएको पर्यटन सूचना केन्द्र लगायतको अनुगमन गरिएको थियो ।

ढोरपाटनमा पर्यटन प्रर्बद्धनका लागि तालिम, घरबास स्तरोन्नती, सूचना केन्द्र निर्माण लगायतका क्षेत्रमा काम गरिरहेको टिम लिडर अमर बहादुर थापाले जानकारी दिनुभयो । घरबास स्थापनाले महिलाहरुको आयआर्जनमा सघाउन समेत सहयोग पु¥याइएको छ ।

 

  • २०८२ चैत्र २६, बिहीबार