• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

चैते दशैंमा ५१ लाख आम्दानी, ४३ लाख खर्च

  • २०८३ बैशाख ८, मंगलवार

बागलुङ । बागलुङको चैत दशैं मेलामा ५१ लाख आम्दानी भएको छ भने रु. ४३ लाख खर्च भएको छ । चैत्राष्टमी मेला २०८२ को आय–व्यय मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

आयतर्फ कालिका भगवती मन्दिरबाट २० लाख, रमाइलो मेलाबाट १० लाख, प्रायोजकबाट रु.५ लाख ५४ हजार, सहयोगी संस्थाबाट रु.३ लाख ४३ हजार ५४ तथा स्टलबाट एक लाख ७० हजार र दर्ता शु:ल्क बापत एक लाख ७ हजार गरी रु. ४५ लाख १५ हजार रकम संकलन भइसकेको छ भने मेलामा बोल रकम रु.६ लाख ५० हजार उठ्न भने बाँकी रहेको छ । रमाइलो मेलाबाट रु.तीन लाख र अन्य सहयोगवापतको रकम तीन लाख ५० हजार उठ्न बाँकी रहेको छ ।

खर्चतर्फ राष्ट्रिय कलाकारमा ९ लाख ९० हजार, कालिका कप पुरुष तथा महिला भलिबलमा रु.७ लाख ५० हजार रुपैयाँ, साउन्ड सिस्टममा २ लाख ५० हजार रुपैयाँ, खाना तथा खाजामा १ लाख ४५ हजार १ सय, अतिथि सत्कारमा ५ लाख ५१ हजार रुपैयाँ, यातायात खर्च ७७ हजार रुपैयाँ लगायत विभिन्न शीर्षकमा गरी रु. ४३ लाख ८३ हजार ४२४ रकम खचए भएको छ । सबै रकम संकलन भएमा मेलाबाट रु.७ लाख रकम बचत भएको छ ।

  • २०८३ बैशाख ८, मंगलवार