बागलुङ । बागलुङमा “प्रथम धौलागिरी क्षेत्रीय स्तरको स्नूकर प्रतियोगिता २०८३” आयोजना हुने भएको छ । गुठी यूथ क्लबको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता बैशाख १० गतेदेखि १२ गतेसम्म फ्रेन्डली स्नूकर हाउस बागलुङ बजारमा हुने छ ।
प्रतियोगितामा सहभागी हुन शुल्क रु. एक हजार पाँच सय तोकिएको छ भने विजेताले रु. ५० हजार पाँच सय ५५ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । उपविजेताले रु. २५ हजार पाँच सय ५५ र सेमिफाइनलिस्टले रु. पाँच हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ । साथै उत्कृष्ट खेलाडीलाई लोकल भाले र उच्च ब्रेक गर्ने खेलाडीलाई स्नूकर स्टिक विशेष पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि दर्ता बैशाख ९ गतेसम्म तोकिएको आयोजकले जनाएको छ ।बबागलुङमा ‘प्रथम धौलागिरी क्षेत्रीय स्नूकर प्रतियोगिता हुने । बागलुङ । बागलुङमा “प्रथम धौलागिरी क्षेत्रीय स्तरको स्नूकर प्रतियोगिता २०८३” आयोजना हुने भएको छ । गुठी यूथ क्लबको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता बैशाख १० गतेदेखि १२ गतेसम्म फ्रेन्डली स्नूकर हाउस बागलुङ बजारमा हुने छ ।
प्रतियोगितामा सहभागी हुन शुल्क रु. एक हजार पाँच सय तोकिएको छ भने विजेताले रु. ५० हजार पाँच सय ५५ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । उपविजेताले रु. २५ हजार पाँच सय ५५ र सेमिफाइनलिस्टले रु. पाँच हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ । साथै उत्कृष्ट खेलाडीलाई लोकल भाले र उच्च ब्रेक गर्ने खेलाडीलाई स्नूकर स्टिक विशेष पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका लागि दर्ता बैशाख ९ गतेसम्म तोकिएको आयोजकले जनाएको छ ।
