• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका चोखाल

  • २०८३ बैशाख १२, शनिबार

बागलुङ । शनिबार बागलुङ बजारमा आयोजना गरिएको नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट बागलुङकै होटल व्यवसयाी अर्जुन चोखाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुंगाना, उपाध्यक्षहरुमा गोकुल प्रसाद कँडेल, वालकृष्ण कोइराला, नारायण श्रेष्ठ, गोपाल सुर्खाली, महिला उपाध्यक्षमा जमुना अधिकारी, महासचिवमा राजेन्द्र शर्मा, उपमहासचिवमा रामकृष्ण भट्ट, कोषाध्यक्षमा मोतीलाल पौडेल, सहकोषाध्यक्षमा दशरथ गैरेलाई चयन गरेको छ ।

साथै सदस्यहरुमा गगनबहादुर पुन मगर, प्रेम गिरी, धनश्याम न्यौपाने, टेकप्रसाद सापकोटा, कृष्णबहादुर खत्री, गिता खड्का, थुमा कुमारी पौडेल अधिकारी, सोनम थापा क्षेत्री र प्रेम प्रसाद शर्मालाई चयन गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता गोविन्द वझाले जानकारी दिनुभयो ।

उद्योगी व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नुपर्दछ : श्रेष्ठ
नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले उद्योगी व्यवसायीको प्रात्साहन सरकारले गर्नुपर्ने बताउनुभयो । व्यवसायीहरुलाई हतोत्साही पार्ने कुनैखाले गतिविधीलाई सरकारले निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको उद्घाटनपछि उहाँले व्यवसायीलाई हतोत्साही बनाउन नहुँने बताउदै लगानीको वातावरण तयार गर्न सरकार लाग्नुपर्ने बताउनभुयो ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय उपाध्यक्ष गोमा ढकाल, केन्द्रिय महासचिव खिम नारायण पराजुली, नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बराल, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डी, लेखनाथ उदोगा वाणीज्यसंघका कार्यवाहकअध्यक्ष गोपी चन्द्र बास्तोला, बागलुङ, उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सृजना पन्त, धौलागिरी प्रादेशिक अस्पतालका अध्यक्ष श्री प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गनुएको थियो ।

कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको कोषाध्यक्ष गोकुल प्रसाद कँडेलले तथा अध्यक्ष जनकराज पराजुलीले प्रगति प्रतिवेदन प्रस्तुत गनुभएको थियो ।

कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका अध्यक्ष जनकराज पराजुलीको अध्यक्षता, उपाध्यक्ष अर्जुन चोखालको स्वागत तथा कोषाध्यक्ष गाकुल प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • २०८३ बैशाख १२, शनिबार