• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

तमानखोलाका सहकारीकर्मीलाई सहकारी शिक्षा

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकामा रहेका सहकारी संस्थाका सञ्चालकहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको आयोजना र तमानखोला गाउँपालिकाको सहयोगमा सञ्चालित कार्यक्रममा सहकारीको पछिल्लो अवस्था, सहकारी अध्यादेश २०८३ लगायतका विषयमा छलफल भएको थियो । सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान, समाधानका लागि सरोकारवालाहरुको भूमिका, सञ्चालक र व्यवस्थापनको जिम्मेवारीपन र शेयर सदस्यहरुको सक्रियताका विषयमा छलफल भएको जिल्ला सहकारी संघ बागलुङका सञ्चालक तथा शिक्षा तालिम उपसमितिका संयोजक जगन्नाथ सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष खिम बहादुर कार्की, सहभागी झक बहादुर बुढा लगायतले सहकारीलाई थप प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सञ्चालकहरुको क्षमता विकाससंगै शेयर सदस्यहरुको सक्रियता आवश्यक रहेको बताउनु भएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा पालिकाको सहकारीको अवस्थाका बारेमा प्रमुख प्रशासकीय अधिकृत अमित परियारले जानकारी गराउनु भएको थियो ।

सहकारीको समसामयिक अवस्था र सहकारी अध्यादेश २०८३ का बारेमा जिल्ला सहकारी संघ बागलुङका लेखा सुपरीवेक्षण समितिका संयोजक डिल बहादुर केसी र शिक्षा तथा तालिम उपसमितिका सदस्य मुकुन्द शर्माले सहजीकरण गर्नु भएको थियो ।