• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

निसीखोलामा अचेत अवस्थामा फेला परेका गुरुङको मृत्यु

बागलुङ । निसीखोला गाउँपालिका–१ हर्पेमा सडक छेउमा अचेत अवस्थामा फेला परेका ४३ वर्षीय टेकबहादुर गुरुङको मृत्यु भएको छ ।

शनिबार राति करिब पौने ९ बजेको समयमा स्थानीयले सडक छेउमा अचेत अवस्थामा रहेका गुरुङलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर उनलाई तत्काल उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल पु¥याएको थियो। तर अस्पतालमा पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फरिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

मृतक गुरुङ निसीखोला गाउँपालिका–१ हर्पेकै स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।प्रमुख प्रहरी उपरीक्षक प्रसाईका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतक गुरुङको दाहिने कानको माथी पट्टी चोटलागेको निसीखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष चन्द्रसिंह रामजालीले जानकारी दिनुभयो ।