• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

चेतनशील बाल क्लबको आयोजनामा नृत्य प्रतियोगिता सम्पन्न

बागलुङ । चेतनशील बाल क्लबलको आयोजनामा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा युएस एकेडेमी प्रथम भएको छ । तेसैगरी न्यु एभरेष्ट एकेडेमी द्वितीय र प्रिसियस एकेडेमी तृतिय भएका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर २ अन्तर्गतको चेतनशील बाल क्लबले बालमैत्री कार्यक्रम अन्तर्गत “नृत्य प्रतियोगिता” आयोजना गरेको हो । प्रतियोगितामा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् ।

विद्यार्थीलाई पुरस्कार वितरण गर्दै बागलुङ नगरपालिका वडा नम्बर २ का अध्यक्ष सुरज बोसेलले बालालिकाको अन्तरनिहित क्षमता प्रस्फुटन गराउँदै उनिहरुलाई आत्मविश्वासी र लगनशिल बनाउन यस्ता प्रतियोगितको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो । उहाँले क्लबले बालबालिकाको क्षेत्रमा गरेको कार्य प्रशंसनीय भएको बताउनु भएको थियो ।

“राष्ट्रप्रेम, कला, संस्कृति र एकता हाम्रो पहिचान” भन्ने नारासहित फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालयको प्राङ्गढमा आयोजना गरिएको प्रतियोगितामा बागलुङ नगरपालिकाका वडा नं १, २, ३ र ४ का विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा कालिका भगवती गुठीका अध्यक्ष भुपेन्द्र खड्का, पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष राम थापा अविरल, फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बालकृष्ण शर्मा, बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त सापकोटा र बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतियोगित क्लबका अध्यक्ष चिराग रोकाको अध्यक्षता, क्लबका सदस्य तथा युएस एकेडेमीमा कक्षा ९मा अध्यरत छात्रा दिव्यानी अधिकारीको स्वागत तथा क्लबका फोकल पर्शन शिक्षक नबिन शर्मा चोलागाइको सञ्चालनमा सम्पन्न भएको थियो ।