बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालयले बागलुङ जिल्ला भित्र कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश सचिवालय सदस्यहरुको जिम्मेवारी तोकेको छ ।
जिल्ला पार्टीले संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, नगरपालिका तथा गाउँपालिकास्तरमा इन्चार्ज, सह–इन्चार्ज, संयोजक तथा सह–संयोजकको जिम्मेवारीका लागि सिफारिस गरेकोमा प्रदेश कार्यालयले अनुमोदन गरेको हो । जिल्ला कमिटिका तर्फबाट पठाइएको सिफारिस अनुसार प्रदेश कार्यालयको वैठकले जिल्लाका २ संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश निर्वाचन क्षेत्र र १० पालिकामा इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी तोकिएको जिल्ला इन्चार्ज कमल घिमिरेले जानकारी दिनुभयो ।
नेकपाले बागलुङ संघीय निर्वाचन क्षेत्र नं १ को इन्चार्जमा केन्द्रीय सदस्य कुशुम बुढा, क्षेत्र क इन्चार्जमा प्रदेश सचिवालय सदस्य तीलबहादुर थापा र क्षेत्र ख इन्चार्जमा केन्द्रीय सदस्य कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ ।
त्यस्तै बागलुङ संघीय निर्वाचन क्षेत्र नं। २ को इन्चार्जमा केन्द्रीय सदस्य निलबहादुर पुन, क्षेत्र क मा केन्द्रीय सदस्य राजिव घिमिरे र क्षेत्र ख मा केन्द्रीय सदस्य प्रेम घर्तिलाई जिम्मेवारी तोकिएको छ ।
पालिकास्तरमा बागलुङ नगरपालिकाको इन्चार्जमा केन्द्रीय सदस्य सिता शर्मा, सह–इन्चार्जमा प्रदेश सचिवालय सदस्य कुमार विक्रम क्षेत्री र केन्द्रीय सदस्य बाबुकाजी केसीलाई जिम्मेवारी दिइएको छ । बागलुङ नगरपालिका संयोजकमा निर्मल श्रेष्ठ तथा सह–संयोजकमा शालिकराम शर्मा र राजु खड्का रहेको इन्चार्ज घिमिरे जानकारी दिनुभएको छ ।
जैमिनी नगरपालिकाको इन्चार्जमा केन्द्रीय सदस्य होमनाथ सापकोटा, सह–इन्चार्जमा प्रदेश सचिवालय सदस्यहरु ज्ञानुदेवी थापा र लालबहादुर परियार, पालिका संयोजकमा शंकर क्षेत्रीलाई जिम्मेवारी दिइएको छ ।
बरेङ गाउँपालिकाको इन्चार्जमा केन्द्रीय सदस्य चिनिमाया कालामगर र पालिका संयोजकमा सन्त थापा, निसीखोला गाउँपालिकाको इन्चार्जमा प्रदेश सचिवालय सदस्य कुबिर विश्वकर्मा र पालिका संयोजकमा भरत पुन, तमानखोला गाउँपालिकाको इन्चार्जमा प्रदेश सचिवालय सदस्य छवि विश्वकर्मा र पालिका संयोजकमा नारायण सुनारलाई जिम्मेवारी दिइएको छ ।
ढोरपाटन नगरपालिकाको इन्चार्जमा केन्द्रीय सदस्य चन्द्रलाल अर्याल, पालिका संयोजकमा हेमेन्द्र घर्ति तथा सह–संयोजकमा राजेन्द्र विश्वकर्मा चयन हुनु भएको छ ।
बडिगाड गाउँपालिकाको इन्चार्जमा प्रदेश सचिवालय सदस्य वेदप्रसाद शर्मा, पालिका संयोजकमा मिलन रेश्मी तथा सह–संयोजकमा वीरेन्द्र बुढा र बाबु घर्ति मगरलाई जिम्मेवारी दिइएको छ ।
गल्कोट नगरपालिकाको इन्चार्जमा केन्द्रीय सदस्य हर्क थापा, सह–इन्चार्जमा प्रदेश सचिवालय सदस्य शेरबहादुर खड्का, पालिका संयोजकमा गंगा बहादुर भुजेल र सह–संयोजकमा तिलबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ ।
ताराखोला गाउँपालिकाको इन्चार्जमा केन्द्रीय सदस्य धनबहादुर विक ९हिमाल०, सह–इन्चार्जमा प्रदेश सचिवालय सदस्य नरेश केसी र पालिका संयोजकमा दिवश खत्रीलाई जिम्मेवारी तोकिएको छ । काठेखोला गाउँपालिकाको इन्चार्जमा प्रदेश सचिवालय सदस्य गगनबहादुर पुन, पालिका संयोजकमा टीका थापालाई जिम्मेवारी दिइएको छ । जिल्ला कार्यालय सचिवमा टीका विक र आईटीको जिम्मेवारीमा शिखर थापालाई तोकिएको छ ।
जिल्लाका संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र पालिकाको जिम्मेवारीका लागि जिल्ला इन्चार्ज कमल घिमिरे र जिल्ला संयोजक प्रकाश घर्तिका तर्फबाट गरिएको सिफारिसलाई प्रदेश कार्यालय वैठकले अनुमोदन गरेपछि पार्टीको गतिविधि अगाडि बढाउन सहज हुने नेकपाले अपेक्षा गरेको छ ।
