• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

आदर्श टोलविकास समिति उपल्लाचौरद्वारा बाढी पीडितलाई ५१ हजार सहयोग

बागलुङ । बागलुङको आदर्श टोलविकास समिति उपल्लाचौरले बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका पीडितको लागि ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

समितिका अध्यक्ष कमला मल्ल र सचिव दिपक सुवेदीले समितिका पदाधिकारी र सदस्यहरुबाट संकलन गरेको उक्त रकम बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिनुभयो ।