• २०८३ कार्तिक ८, शनिबार
  • 2026 October 24, Saturday

बाढीपहिरोबाट क्षति पुगेको सडक पुननिर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : भौतिक पुर्वाधार मन्त्री लम्साल

  • २०८३ कार्तिक ८, शनिबार

बागलुङ । नेपाल सरकारका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीपहिरोबाट क्षति पुगेको बागलुङका सडक र निजी आवास सरकारले छिट्टै पुननिर्माण गर्ने बताउनुभएको छ ।

आज पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको स्थलगत निरिक्षणपछि मन्त्री लम्सालले बाढीपहिरोबाट क्षति पुगेको मध्यपहाडी लोकमार्ग पुननिर्माण पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । मन्त्री लम्सालले बाढीपहिरोबाट घरबारविहनीलाई सुरक्षितस्थानमा  आवास बनाउने सरकारको योजना अघि बढेको बताउनुभयो ।

उहाँले बाढी पहिरो पीडितलाई खानपानको लागि मासिक १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको र बागलुङका प्रत्यक छ पापालिकाको विपद् व्यवस्थापन कोषमा ४० लाखको दरले रकम पठाउने तयारी रहेको  जानकारी दिनुभयो ।

मन्त्री लम्सालले बाढीग्रस्तक्षेत्र गलकोट स्थित दरमखोला आसपास क्षेत्र, बढिगाड, निसीखोला ढोरपाटनको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको झिवाखोला र कानाबगर लगायतको स्थलगत निरिक्षण गर्नुभएको बागलुङ क्षेत्र नम्बर दुईका  सांसद सोम शर्माले जानकारी दिनुभयो ।

मन्त्री लम्सालसंगै बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सोम शर्मा, पूर्वाधार सचिव पदम मैनाली, सडक विभागका महानिर्देशक डा. विजय जैसी, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य तथा सडक बोर्डका सदस्य अर्जुन श्रेष्ठलगायत  सहभागी थिए ।

स्थानीय जनप्रतिनिधि तथा बाढीपीडितले सडकमा पुगेको क्षति र त्यसका कारण दैनिक जीवन तथा आवागमनमा भोग्नुपरेका समस्याबारे स्थानीयले मन्त्री लम्साललाई गुनासो गरेका थिए  ।

क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि आवश्यक योजना, प्राविधिक मूल्याङ्कन तथा सम्बन्धित निकायबाट गर्नुपर्ने पहलका विषयमा संकट भोगेका पालिकाका जनप्रतिनिधिसंग छलफल गरिएको थियो ।

बाढीले क्षति पुर्याएको सडकको पुननिर्माणका लागि तत्कालै ठेक्का प्रकृयामा जाने प्रतिवद्वता जनाउनुभएको छ । असोज ११ गते आएको बाढी पहिरोबाट बागलुङमा १३ जनाको मृत्यु, ठूलो भौतिक पुर्वाधार र निजी आवासमा क्षति पुगेको थियो ।

सरकारले पुननिर्माण र रहातका लागि बागलुङको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकालाई संकट ग्रस्त क्षेत्रका रूपमा घोषणा गरेको छ ।

  • २०८३ कार्तिक ८, शनिबार