बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले चक्रवातको प्रभाव प्रभाव पर्नथालेकाले सचेत रहन आग्रह गरेको छ ।
बंगालको खाडीबाट सिर्जना भएको चक्रवातका कारण गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमान अनुसार २०८३ कात्तिक १२ देखि १४ गतेसम्म चक्रवातको प्रभाव रहने र कात्तिक १३ तथा १४ गते शुक्रबार र शनिबार गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भन्दै सेचत रहन आग्रह गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गङ्गालाल सुवेदीद्वारा जारी सूचनामा सम्भावित विपद्बाट बच्न पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक सावधानी अपनाउन सबै स्थानीय तह तथा संघसंस्थालाई आग्रह गरेको छ ।
वर्षाको समयमा अन्नबाली नकाट्न, घरबाट बाहिर लामो यात्रामा ननिस्कन तथा पदयात्रामा गएका व्यक्तिलाई सम्भव भएसम्म छिटो फर्कने व्यवस्था मिलाउन प्रशासनले अनुरोध गरेको छ ।