• २०८३ मंसिर ७, आईतवार
  • 2026 November 22, Sunday

जैमिनीको प्रशासकीय भवन : पाँच वर्षमा पाँच पटक म्याद थप

  • २०८३ मंसिर ७, आईतवार

बागलुङ । निर्माण व्यवसायीले चरम लापरवार्ही गर्दा तीन वर्षमा सक्नुपर्ने बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय पाँच वर्ष वर्षमा सकिएको छैन । कछुवा गतिमा निर्माण भइरहेको भवनको नगरपालिका बाध्य भएर पाँचौ पटक म्याद थप गरिएको छ । ठेकेदारले सरसर्ती काम गरेको भए बागलुङको जैमिनी नगरपालिकाको सेवा भाडाको घरबाट आफ्नै प्रशासकीय भवनबाट दिन्थ्यो ।

ठेकेदारको चरम ढिलासुस्तीले नगरपालिका घरभाडामा बस्दै आएको छ भने भवन कहिले सकिन्छ टुङ्गो छैन । तीन वर्षमा सक्नुपर्ने भवन पाँच वर्ष वित्दा समेत सम्पन्न नभएको हो । ठेकेदारले कहिले अलपत्र पार्ने त कहिले कछुवा गतिमा काम गर्नाले अघिल्लो कार्यकालका जनप्रतिनिधिले शिलान्यास गरेको भवनमा अहिलेका जनप्रतिनिधिहरु समेत कार्यकाल सकिने अवस्थामा पुग्न थालेको हो ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलाइ भएको छ भने नगरपालिकाले बाध्य भएर म्याद थप्दै आएको छ । निर्माण कम्पनी रविना–प्राकृतिक–जुगल जेभीले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि भवन निर्माणका लागि चौथो पटक थप गरेको म्याद समेत कात्तिक २५ गते समाप्त भएको छ । अहिले पालिकाले पाँचौ पटकको म्याद थप गरेको नगरउपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

“ठेकेदारको चरम ढिालासुस्ती भएको छ, हामीले ताकेता गर्दा समेत भवन सकिने अवस्थामा छैन, यही अवस्थामा काम भयो भने हाम्रो कार्यकालमा भवन सकिदैन, अहिले पलाष्टरको काम भइरहेपनि ठूलो भवनमा थोरै कामदारले सक्ने अवस्था छैन” शर्माले भन्नुभयो । ७५ प्रतिशत काम भइसकेको ठेक्का रद्द गर्न समेत नसक्ने अवस्थामा आएपछि पुन म्याद थपेर माघ मसान्त पु¥याइएको छ ।

नगरपालिकाले चार वटा घर भाडामा लिएर वार्षिक २० लाख रकम भाडामा खर्चदै आएको छ । २०७८ साल फागुन २० गते तत्कालीन संस्थापक नगरप्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेको भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भवन शुरुको म्याद सकिएको तीन वर्र्ष वितिसकेको छ ।

निर्माण कम्पनीले हाल ७५ प्रतिशत मात्रै काम सम्पन्न गरेको थियो । हाल भवनको मुख्य संरचना निर्माण भइसके पनि झ्याल–ढोका, लिफ्ट, विद्युत्, खानेपानी, रङरोगन तथा सजवटका सबै काम बाँकी रहेकोे छ ।
भवन निर्माणका लागि निर्माण कम्पनीसँग रु.८ करोड १७ लाख ६५ हजारमा सम्झौता भएको हो । स्थानीयले निःशुल्क उपलब्ध गराएको करिब आठ रोपनी जग्गामा निर्माण भइरहेको भवन चार तले र ४२ कोठाको हुनेछ । भवनमा विद्युतीय लिफ्टसहित नगरपालिकाका विषयगत शाखा तथा प्रशासनिक सेवाहरू सञ्चालन हुँनेछ ।

  • २०८३ मंसिर ७, आईतवार