बागलुङ बजारका खाद्य अनुगमन : मिसावटको आशङ्कामा २० किलो घिउ बेच्न रोक्का
बागलुङ। जिल्ला सदरमुकाम बागलुङ बजारमा खाद्य वस्तुको अनुगमन गरिएको छ । खाद्य वस्तुको गुणस्तर परीक्षण तथा मिसावट नियन्त्रणका लागि गरिएको अनुगमनमा केही पसलमा दूध र घिउमा शङ्कास्पद गुणस्तर भेटिएको छ । १३ पसलबाट दूध, घिउ, मह र तेल गरी १९ वटा नमूना संकलन तथा परीक्षण गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल […]