निसीखोलामा बाढीको वितण्डा : ३० घर बगरमा परिणत
बागलुङ । अविरल वर्षासँगै निसीखोलामा आएको बाढीले बागलुङको निसीखोला गाउँपालिका–४ मा ठूलो क्षति पु¥याएको छ । आइतबार बिहान निसीखोलाको बहाव अस्वाभाविक रूपमा बढेपछि आएको बाढीले झिवाखोला बजार र कानाबगर क्षेत्रका घर तथा भौतिक संरचनामा क्षति पु¥याएको हो । बाढीका कारण वडा नं. ४ अन्तर्गत झिवाखोला र कानाबगर क्षेत्रमा गरी ३० घर बाढीले बगाएर बगरमा परिणत […]