• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

जेनजीले बागलुङका राजनैतिक दलको पार्टी कार्यालयको बोर्ड हटाए

बागलुङ/ बागलुङमा जेनजीको नाममा भएको आन्दोलनले बागलुङका पार्टी कार्यालयको बोर्ड हटाएर जलाएका छन् ।

जेनजी आन्दोलनमा हिजो भएको प्रहरी दमन र आफनो १९ जना सहकर्मीको विरोधमा आज आक्रोशित युवाहरुले देशव्यापी विरोध प्रदर्शन, आगजनी र तोडफोड गरिरहेका छन् ।

आज विहानै देखि बागलुङ बजारमा युवाहरुले जुलुस नारा गर्दै प्रधानमन्त्री केपी ओलीको राजिनामा र हत्यामा संलग्न सबैलाई कारवाहीको माग गरेका छन् ।

आन्दोलनकारीहरुले बागलुङ बजारको नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कार्यालयमा झुण्डाइएको साइनबोर्ड जलाएका छन् भने नेकपा माओवादी केन्द्रको साइनबोर्ड हटाएका छन् । यस्तै समाजवादी पार्टी कार्यालयको बोर्ड समेत जलाएका छन् । उनिहरुले रासोपाको कार्यालय भने केही गरेका छैनन् ।