बागलुङ
बागलुङमा जेनजी आन्दोलनले राजनैतिक दलका पार्टी कार्यालय तोडफोड गरेका छन् ।
उनिहरुले बागलुङको एमाले, कांग्रेस र माओवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।
एमालेको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचरका सामाग्री निकालेर सडकमा ल्याएर जलाएका आन्दालनकारीले त्यसपछि माओवादी केन्द्र बागलुङको पार्टी कार्यालय तोडफोड गरेर कागाजातपत्र जलाएका हुन् । त्यसलगत्तै नेपाली कांग्रेस बागलुङको पार्टी कार्यालयबाट कागाजातपत्र र फर्निचरका सामाग्री सडकमा ल्याएर जलाइएको छ ।
