• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङका मुख्य चार स्थानमा ‘यात्रु सहायता कक्ष’स्थापना

बागलुङ/ बागलुङमा चाडपर्वहरु नजिकिए सँगै बागलुङ जिल्लाका मुख्य नाकामा २४ सै घण्टा सेवा दिनेगरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडवाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य चार स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । चाडवाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधालाई मनन् गर्दै यात्रुलाई लामो र छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस भनेर कक्षको स्थापना गरिएको हो ।

बागलुङको मुख्य प्रवेशद्वार मालढुङ्गामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैं तिहार नजिकिएसंगै बागलुङ जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गामा यात्रु सहायता कक्ष घटस्थापनाको दिन स्थापना गरिएको छ । यात्रु सहायतका कक्षको बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै गुरुङले चाडवाडमा यात्रु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरिएको बताउनुभयो । उहाँले यात्रु ठगिएको सामान लुटपाट गरिएको लगायतको विषयमा तत्कालै उजुरी संगै सुनुवाई हुँने बताउनुभयो ।

बागलुङको मुख्य प्रवेशद्वार मालढुङ्गा, जिल्ला ट्राफिक कार्यालय बागलुङको परिसर, गलकोटको हटिया बजार र वुर्तिवाङ बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मिन बहादुर कुँवरले जानकारी दिनुभयो । चाडवाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधालाई मनन् गर्दै भाडादरको सूचना बोर्ड सहित यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुले सहायता कक्षबाट आफ्नो गन्तव्यको भाडादर हेर्न सकनेछन् । यात्रुलाई लामो र छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस भनेर कक्षको स्थापना गरिएको हो ।

जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रा गर्दा यात्रुलाई समस्या पर्यो भने तत्काल समाधान गर्नको लागि कक्षको स्थापना गरिएको कुँवरले बताउनुभयो । चाडपर्वको समयमा सवारी भाडाका कारण यात्रु ठगिने, सामान हराउने, क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना हुने जोखिम कम गर्न २४ सैं घण्टा सहायता कक्ष खुल्ला रहनेछ ।

सबैभन्दा बढी चाप हुने मध्यपहाडी लोकमार्ग हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट बाहिरिने तथा भित्रिने सवारी साधनको निगरानी र अनुगमन समेत थालिएको छ ।
चाडबाडका बेला सवारी चाप अत्यधिक हुने भएकोले यात्रु सहायता कक्ष दशैंदेखि छठ पर्वसम्म नै सञ्चालनमा रहने छ ।