बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको निर्माणधिन भवन सम्पन्न गर्नका लागि श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ गरिने भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ निरयघाटमा निर्माण हुँदै गरेको मानवसेवा आश्रम बागलुङको भवन चैत्र मसान्त भित्र सम्पन्न गर्नका कात्तिक २१ गतेदेखि २८ गतेसम्म महायज्ञको आयोजना गरिने बताइएको छ ।
महायज्ञमा सबैलाई आमन्त्रण गर्दै भागवत् भाष्कर कमलनयन गौतमले मानवसेवा नै सबैभन्दा ठूलो धर्म भएको भन्दै पूण्यको कार्यमा सबै सहभागी हुन आग्रह गर्नु भएको थियो । उहाँले मानवता प्रवद्र्दनमा सहयोग गर्नु सबैको कर्तव्य भएको भन्दै सबैलाई नाना र सबैलाई छानाको अभिप्रयका साथ मानवसेवा आश्रमले गर्दै आएको कार्यक्रममा सबैले इट्टा थप्नु पर्नेमा जोड दिनु भयो ।
बुधबार भवन निर्माण स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले २ सय जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको बताउनु भयो ।
महायज्ञ सञ्चालन र सम्पनन गर्नका लागि मूल समारोह समिति गठन गरिएको छ । बागलुङका समाजसेवी तथा मानवसेवा आश्रम बागलुङका अभिभावक समेत रहेका सदेव राजभण्डारीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । बागलुङसँगै पर्वत, म्याग्दी र मुस्ताङ जिल्लालाई समेटेर १ हजार ८ जनाको समिति विस्तार गरिने अधिकारीले बताउनु भयो ।
साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएर बागलुङम केन्द्र बनाएको मानवसेवा आश्रम बागलुङ शाखामा हाल ६६ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनिहरुको पालन पोषण तथा रेखदेखमा मासिक १० लाख भन्दा बढी खर्च हँदै आएको छ । स्वदेश तथा विदेशमा रहेका परोपकारी नेपालीका सहयोगबाट सञ्चालन हुँदै आएको मानवसेवा बागलुङको बानपा ४ निरयघाटमा भवन निर्माण भइरहेको छ ।
हालसम्म भवन निर्माणका लागि ५ करोड रुपैयाँ खर्च भइसकेको र निर्माण पूर्ण रुपमा सम्पन्न गर्नका लागि अझै ४ करोड रुपैयाँ लाग्ने भएकाले महायज्ञको आयोजना गरिएको यज्ञ मूल समारोह समितिका संयोजक सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट मानवसेवा आश्रम बागलुङको अक्षयकोषलाई वृद्धि गरेर १० करोड पु¥याउने अपेक्षा राखिएको उहाँको भनाई छ । कोष वृद्धि गर्न सके आश्रम सञ्चालनको दीर्घकालिन व्यवस्थापनमा सहयोग पुग्ने उहाँको भनाई छ ।
मानवसेवा आश्रमसँगको सहकार्यमा गण्डकी प्रदेशलाई २०७८ सालमै सडक मानवमुक्त प्रदेश घोषणा गरिएको छ । २०८२ साल भित्र नेपाललाई सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने संकल्प छ । यो संकलप पुरा गर्नको लागि समेत महायज्ञले टेवा पु¥याउने अपेक्षा राखिएको छ ।
महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथावाचन गर्नु हुने छ । महायज्ञ अवधिभर विभिन्न कार्यक्रमको आयोजना हुने छ । कात्तिक २१ गते महायज्ञको उद्घाटन, २२ गतेदेखि नियमित कथावाचन, भजनकिर्तनसँगै विहान ५ बजेदेखि ७ बजेसम्म योग शिविर सञ्चालन हुने छ ।
विहान ७ः३० देखि १० बजेसम्म बागलुङ, पर्वत र म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई प्रत्येक दिन पालैपालो मनको व्यवस्थापन, सकारात्मक सोच र मानवता प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिने छ ।
विभिन्न रोगका विषेशज्ञद्वारा स्वास्थ्य जाँच, प्रतेक दिन विहान ११ बजेदेखि ४ बजेसम्म भागवत् भाष्कर कमलनयन गौतमद्वारा कथा प्रवचन हुने छ । प्रतेक साँझ ६ बजेदेखि ७ः बजेसम्म स्थानीय कलाकारद्वारा भजन कीर्तन र ७ः३० देखि ९ बजेसम्म राष्ट्रिय कलाकारद्वारा भजन कीर्तन हुने छ ।
पत्रकार सम्मेलनमा जिल्ला समन्व समिति बागलुङका प्रमुख अमरबहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तले शुभकामना व्यक्त गर्नु भएको थियो । पत्रकार अर्जुन कार्की र प्रकाश बरालले जिज्ञासा राख्नु भएको थियो ।
मूल समारोह समितिका संयोजक सहदेव राजभण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको स्वागत सहसंयोजक तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र सञ्चालन महासचिव युक्तप्रसाद सुवेदीले गर्नु भएको थियो ।
