म्याग्दी । बेनी देखि ताकम तर्फ जाँदै गरेको ग३च १३१३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा गाडीका चालक घाइते हुनुभएको छ ।
बेनी दरवाङ सडक खण्ड अन्तरगत मालिका गाउँपालिका ६ बाङ्गेपहिरो स्थीत गाडी दुर्घटना हुँदा चालक धवलागिरी गाउँपालिका ३ का २४ वर्षिय राजेश लामगादे घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी देखि धवलागिरी गाउँपालिका ७ ताकम तर्फ जाँदै गरेको गाडी राती साढे १ बजे गाडी दुर्घटना भएको थियो । गाडीमा चालक मात्रै रहेको हुँदा अन्य मानविय क्षती भएको छैन ।
चालक लामगादेको प्रदेश अस्पताल बेनीमा उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको प्रदेश अस्पतालले जनाएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।