• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

ताराखोला–५ का घरमा खानेपानीको पहुँच

बागलुङ । गण्डकी प्रदेश सरकारले सबै घरमा खानेपानीको धारा पु¥याउने अभियान बागलुङको ताराखोला गाउँपालिका–५ मा अन्तिम चरणमा पु¥याएको छ । ५ नम्बर वडामा रहेका ५९५ घरमध्ये ५३८ घरमा खानेपानीको धारा जडान सम्पन्न भइसकेको छ । घर–घरमा खानेपानी आएपछि स्थानीय दंग छन् ।

गण्डकी प्रदेश सरकारको रु. २ करोड लागतमा वडा भरका १८ मुहानको पानी घर–घरमा पु¥याएको छ । वडाको एक दर्जन टोलमा खानेपानीको पहुँच पुगिसेको छ भने दुई वटा टोलमा खानेपानी पु¥याउने काम अन्तिम चरणमा रहेको छ । ताराखोला गाउँपालिका–५ का वडा अध्यक्ष मन बहादुर रोकाका अनुसार ८ वर्षमा सबै वडावासीको घरमा खानेपानी पु¥याइएको बताउदै २२ घरमा मात्रै धारा पु¥याउन बाँकी रहेको बताउनुभयो ।

वडामा ५९५ घरधुरी रहेकोमा ३५ घरमा धारा मात्रै जोड्न बाँकी रहेको छ भने धप्लाङ र म्यौचामका २२ घरमा खानेपानीको काम गर्न बाँकी रहेको तर अन्य ५३८ घरका धारामा खानेपानी खसिरहेका छन् ।

“विकासको पहिलो आधार शुद्ध खानेपानी हो, वडाभर खानेपानी पु¥याउने लक्ष्य पुरा हुँदै छ, वडाका ५३८ घरमा खानेपानीको निजी धारा जडान गरिएको छ” वडा अध्यक्ष रोकाले भन्नुभयो “सबै घरमा खानेपानी पु¥याउनु हाम्रा लागि सुखद् कुरा हो, गण्डकी प्रदेश सरकारको लगानीमा १८ मुहानलाई एकिकृत प्रणालीबाट एक घर–एक धारा निर्माण गरिएको हो ।”

रोकाका अनुसार ५ नम्बर वडाको करिमेला, धस्मर, रानीवास, तातामाटा, छेल्लर खोला, नाङ्गी, औलादी, सानो हिले, ठूलो हिले, सिप, फेदी, पलीम, फुडेखर्क, मच्छर, भिरकुना र अर्गातुङ गाउँका ५३८ घरमा खानेपानीको धारा पु¥याइएको छ ।

खानेपानीको पहुँच पुगेपछि यहाँका स्थानीयको दैनिकी फेरिएको छ भने समयको बचत समेत भएको छ । खानेपानीको धारा घरमै आएपछि सरसफाईमा समेत सुधार आएको हो ।
धप्लाङका १७ र म्यौचामका ५ घरमा भने खानेपानीको काम आगमी वर्षमा गरिने रोकाको भनाई छ ।
२०७५ सालबाट शुरुभएको एक घर–एक धारा अभियानले सार्थकता पाएको स्थानीय कुल बहादुर रोकाले बताउनुभयो । रोकाले घरमै खानेपानीको धारा भएपछि, सामुदायिक धारा, कुवा लगायतकोमा पानी भर्न जाने समस्याको अन्त्य भएको जनाकारी दिनुभयो ।