• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

धौलागिरी गाउँपालिकाबाट सुत्केरीको हवाई उद्दार

  • २०८२ कार्तिक १५, शनिबार



म्याग्दी । आज बिहान करिब ८ बजे म्याग्दी जिल्लाको  धौलागिरी गाउँपालिका वडा नं. ६ मराङ निवासी रगेन्द्र गर्बुजाकी श्रीमती विष्णुकुमारी गर्बुजालाई सुत्केरी हुन कठिनाइ भएपछि गम्भीर अवस्थाबाट उद्धार गरी पोखरा पठाइएको छ।

स्थानीय स्वास्थ्यचौकीमा जन्मदै गरेको शिशुको खुट्टा पहिले निस्किएपछि आमा र बच्चा दुबैजना गम्भीर जोखिममा परेका थिए। स्वास्थ्यकर्मीहरूले तत्काल सुत्केरी गराउन नसकिने जानकारी दिएपछि गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा हेलिकप्टरमार्फत विष्णुकुमारी गर्बुजाको आकस्मिक उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको हो।

उद्धार कार्यमा सहकार्य र समन्वय गर्नुभएकोमा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, सिम्रिक एयर, डा. रेखा पौडेल, नेपाल प्रहरी दरबाङ, विष्णु सर, स्थानीय अनमी चाहाना शाहलगायत सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

  • २०८२ कार्तिक १५, शनिबार