• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

महायज्ञमा बागलुङ समाज भर्जिनियाको डेढ लाख,अध्यक्ष कुँवरको १ लाख १ हजार सहयोग

  • २०८२ कार्तिक २२, शनिबार

बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा बागलुङ समाज भर्जिनिया, अमेरिकाले डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजले शनिवार १ लाख ५१ हजार रुपैया महायज्ञमार्फत मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग गरेको अध्यक्ष लाल बहादुर कुँवरले जानकारी दिनुभयो ।

समाजमा विभिन्न कारणले कमजोर अवस्थामा रहेका नागरिकहरुलाई संरक्षण गर्दै आएको मानव सेवा आश्रमले सञ्चालन गरेको महायज्ञमार्फत रकम संकलन गरि भवन निर्माण गर्ने कार्य असाध्यै महत्वपूर्ण छ, अध्यक्ष लाल बहादुर कुँवरले भन्नुभयो,–‘बागलुङ जिल्लाबाट भर्जिनियामा पेशा व्यवसाय गरी बस्ने बागलुङेहरुको संगठनका तर्फबाट हामीले सानो सहयोग गर्न पाउदा खुशी लागेको छ ।’

भर्जिनियामा बस्ने नेपालीहरुका तर्फबाट व्यक्तिगत पनि सहयोग हुदैछ, हामीले संस्थागत रुपमा पनि सहयोग गरौ र सबैलाई सहयोगका लागि सन्देश दिन पनि संस्थागत सहयोग गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

यसैगरी बागलुङ समाज भर्जिनिया, अमेरिकाका अध्यक्ष लाल बहादुर कुँवर र उहाँकी धर्मपत्नी बिना कुँवरले स्वर्गीय बुवा दधिलाल कुँवरको सम्झनामा १ लाख १ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।  कुँवरले समाज र आफ्नो तर्फको सहयोग महायज्ञ मुल समारोह समितिको प्रभु बैंकको खातामा जम्मा गरिदिनु भएको छ ।

बागलुङ नगरपालिका वडा नं। ५ मालिका निवासी कुँवर हाल अमेरिकाको भर्जिनियामा व्यवसाय गर्दै आउनु भएको छ । बागलुङबाट अमेरिकाको भर्जिनियामा गई विभिन्न पेशा व्यवसाय गरी बस्नेहरु संगठित भएर बनाएको बागलुङ समाज भर्जिनिया, अमेरिकाका अध्यक्ष रहनु भएका कुँवर सामाजिक कार्यहरुमा सक्रिय रहदै आउनु भएको छ ।
सहयोगापेक्षी सडकआश्रित मानवको व्यवस्थापनका लागि भवन निर्माण गर्न कात्तिक २१ गतेदेखि सञ्चालित महायज्ञमा देश विदेशबाट सहयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको छ ।

  • २०८२ कार्तिक २२, शनिबार