म्याग्दी । विद्योदय आधारभूत विद्यालयमा शिक्षक–अभिभावक संघ गठन गरिएको छ । शैक्षिक गुणस्तर वृद्धि, पारदर्शी व्यवस्थापन र अभिभावक–विद्यालय सहकार्य सुदृढ पार्ने उद्देश्यले नयाँ शिक्षक–अभिभावक संघ (PTA) गठन गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको उपस्थितिमा सम्पन्न सर्वसम्मत आम भेलाले शैक्षिक सत्र २०८२÷८४ का लागि PTA गठन गर्ने निर्णय गरेको हो । अध्यक्षमा नारायण रोका, सदस्य– सचिवमा सृजन पुन, र विद्यार्थी प्रतिनिधिमा सुप्रिया पाइजा चयन हुनु भएको छ ।
सदस्यमा शोभा पाईजा, टिका दर्जी, होमकुमारी राम्जाली, हर्क बहादुर रोका, लोक बहादुर पुन, वन्दना बुढाथोकी, माया रोका र प्रकाश अधिकारी रहनु भएको छ ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष मस्बीर रोकाले विद्यालयका गतिविधी, शिक्षा र शुसासनका लागि समितिले अभिभावकिय भूमिका निर्वाह गर्नु आग्रह गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता टिका बहादुर पाइजा ले गर्नुभएको थियो भने सहजिकरण प्रधानाध्यापक प्रकाश अधिकारी ले गर्नुभएको थियो ।
विद्यालय प्रशासनले नवगठित एत्ब् लाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ र विद्यालयको समग्र विकासमा सम्पूर्ण अभिभावक, शिक्षक र सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको छ ।
