• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

चिल्ड्रेन लाइफले उचाल्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

बागलुङ । बागलुङ नगरपाकिला स्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । गत वर्षको सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि समेत सोही विद्यालयले प्राप्त गरेको थियो । बिहीबार सम्पन्न आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अमर आदर्श बोर्डिङ स्कुलले दोस्रो र विद्यामन्दिर माध्यामिक विद्यालय तेस्रो भएको थियो ।

उपाधि हासिल गरेको चिल्ड्रेन लाईफले २४ स्वर्ण, १४ रज तर २१ काश्य गरी जम्मा ५९ पदक प्राप्त गरेर प्रथम भएको थियो । यस्तै दोस्रो हुने अमर आदर्श बोर्डिङ स्कुलले १० स्वर्ण, १२ रजत र १६ काश्य गरी ३८ पदम प्राप्त गरेको थियो । यस्तै तेस्रो हुने विद्यामन्दिर माध्यामिक विद्यालयले ५ स्वर्ण, ५ रजत र ५ काश्य गरी १५ पदम प्राप्त गरेको छ । खेलमा ४३ विद्यालय सहभागी रहेका थिए । जसमध्ये २० विद्यालयले विभिन्न विधामा पदम हासिल गर्न सफल भएका छन् ।

विजयी पहिलो हुने शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ दोस्रो हुनेले ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले ३३ हजार ३३३ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । लगातार दोस्रो पटक शिल्ड हात पारेको चिल्ड्रेड लाईफले नवौँ प्रतियोगिता पनि जितेमा शिल्ड आफ्नो बनाउने छ ।

कुल ६६ पदकका लागि भएको खेलमा नगरभित्रका ३० विद्यालयको सहभागिता रहेको थियो । जसमा २२ विद्यालयले विभिन्न विद्यामा पदकहरु हात पारेका छन ।

अघिल्लो वर्ष तेस्रो स्थान हासिल गरेको गणेश माविले ३ स्वर्ण, ४ रजत र ६ कास्य गरी १३ पदकमा चित्त बुझाउनु प¥यो । त्यसैगरी कालिगण्डकी आवसीय माविले १४, धौलागिरि बहिरा र सनराईज एकेडेमीले १२, माविकले १०, न्यू ओयसिस एकेडेमीले ११, रुद्रेपिपल माविले १०, जनता धन मावि नारायणस्थानले ७, न्यू एभरेष्ट एकेडेमीले ९ पदक जितेको बागलुङ नगरपालिका कार्यालयका शिक्षा शाखा प्रमुख उपसचिव धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी फ्युचर ब्राईटर माविले २, होलि चाइल्ड माविले ४, रामरेखा आधारभूत विद्यालयले १, सिद्धार्थ शिक्षा सदनले १, कलिका कन्या माविले ३, यूएस एकेडेमीले ४, प्रिसियस एकेडेमीले, मालिका मावि र धविमाविले १/१ पदक हात पारेका थिए । प्रतियोगितामा ११ निजी विद्यालय र ११ सामुदायिक विद्यालयले विभिन्न पदकहरु हात पारेको छ ।

विजयी खेलाडीलाई नगर प्रमुख बसन्तकुमार श्रेष्ठले पुरस्कार वितरण गर्नु भएको छ । शिक्षासँगै खेलकुद पनि अपरिहार्य भएको हुँदा खेलकुद क्षेत्रको विकास निम्ति नगरपालिकाले जोड दिने श्रेष्ठले बताउनुभयो । बागलुङ नगरपालिका ५ का अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेल र दिपक शर्माले गरेका थिए ।