• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

नेकपाबाट बागलुङ–१ मा कृष्ण केसी

 बागलुङ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य कृष्ण बहादुर केसीलाई उमेदवार बनाउने भएको छ । जिल्लाबाट सिफारिस भएका मध्ये दोस्रो नम्बरमा रहेका केसीलाई केन्द्रले उमेदवार बनाउने निर्णय गरेको नेकपाले जनाएको छ ।

पहिलो नम्बरमा सिफारिस भएका देवेन्द्र पौडेललाई केन्द्रले नवलपरासी क्षेत्र नं. २ को उमेदवार बनाएको छ । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय केसी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि बागलुङ क्षेत्र नं. १ बाट तत्कालिन नेकपा माओवादी केन्द्रका तर्फबाट उमेदवार रहनु भएको थियो ।

संयोग नै भन्नुपर्छ, नेकपा एमालेका तर्फबाट उहाँका प्रतिस्पर्धी हिरा बहादुर केसीलाई एमालेले यस पटक पनि कृष्ण केसीकै क्षेत्रमा उमेदवार बनाएको छ । २०७० मा नेपाली कांग्रेसका हरि बहादुर खड्कासंग प्रतिस्पर्धा गरेर हिरा केसी दोस्रो र कृष्ण केसी तेस्रो हुनु भएको थियो । नेकपाले बागलुङ क्षेत्र नं. २ मा केन्द्रीय सदस्य ज्ञामनाथ गैरेलाई उमेदवार बनाउने निर्णय गरेको छ ।