• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

देविस्थान माविमा ‘विद्यार्थीसंग प्रेस चौतारी’

  • २०८२ माघ १०, शनिबार

बागलुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको आयोजनामा देविस्थान माध्यमिक विद्यालय, देविस्थानमा व्यक्तित्व विकास तथा वोल्ने कला सम्बन्धि तालिम सम्पन्न भएको छ।

विद्यार्थी संग प्रेस चौतारी कार्यक्रम अन्तरगत जिल्ला कै सुदुर पश्चिममा पर्ने निसिखोला गाउँपालिका वडा नं. १ को सो विद्यालयमा कक्षा ८, १० र १२ का विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। व्यक्तित्व विकास, लक्ष्य निर्धारण लगाएतको विषयमा भएको तालिमको प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष कमल पौडेलले सहजिकरण गर्नुभएको थियो। सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक झग बहादुर क्षेत्रीले चौतारीले विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि गर्दै आएको कार्यक्रमको प्रशंसा गर्दै दुर्गममा पनि प्रेस चौतारी आएको भन्दै सो कार्यक्रमबाट विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका हुने बताउनु भयो।

१ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा विद्यालयका शिक्षकहरुको समेत सहभागिता रहेको थियो। प्रेस चौतारी नेपाल बागलुङले हरेक महिना फरक फरक विद्यालयमा विद्यार्थी केन्द्रित व्यक्तित्व विकास, पत्रकारीता, उद्घोषण तथा भाषणकला, मनोपरामर्श, योग लगाएतका तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

  • २०८२ माघ १०, शनिबार