• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday

बी एण्ड बी अस्पतालमा पश्चिम बागलुङका नागरिकलाई उपचारमा २० प्रतिशत छुट

  • २०८२ चैत्र ११, बुधबार

बागलुङ । बागलुङको पश्चिम क्षेत्रका नागरिकले काठमाण्डौको एक नीजि अस्पतालमा उपचारमा छुट पाउने भएका छन् । बागलुङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितसोम शर्माको पहलमा ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालसँग स्वास्थ्य गरिएको सम्झौतामा २० प्रतिशत छुट सुविधा पाउने उल्लेख गरिएको छ ।

सम्झौता अनुसार बागलुङ पश्चिमका छ वटा पालिकाका बासिन्दाले स्वास्थ्य उपचारमा छुट सुविधा पाउनेछन् ।
बी एण्ड बी अस्पतालमा ओपीडी (OPD), आईपीडी (IPD) तथा फार्मेसी सेवामा विशेष छुट प्राप्त गर्नेछन् । विशेषगरी ग्रामिण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई लक्षित गर्दै गरिएको यो पहलले उपचार खर्चमा थोरै भएपनि राहत पु¥याउने प्रतिनिधिसभासदस्य सोम शर्माको भनाई छ ।

पश्चिम क्षेत्रका नागरिकहरूलाई राजधानी नजिकैको सुविधा सम्पन्न अस्पतालमा गुणस्तरीय उपचार प्राप्त गर्न सहयोग पुग्ने शर्माको भनाई । सम्झौता कार्यान्वयनका लागि अस्पतालले स्पष्ट मापदण्ड समेत तोकेको छ । सेवा लिन चाहने  नागरिकहरूले आफ्नो स्थायी बसोबास बागलुङ क्षेत्र नम्बर २ भित्रको प्रमाणित कागजात अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । यसले वास्तविक लाभग्राहीसम्म सुविधा पुग्ने सुनिश्चित गर्ने विश्वास गरिएको छ । शर्माले उपचारमा सहयोग पु¥याउनका लागि पालिकागत सम्पर्क व्यक्ति समेत तोकिएको उहाँको भनाई छ ।

  • २०८२ चैत्र ११, बुधबार