• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

प्रदर्शनकारीले निकाले रविलाई नख्खु जेलबाट

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्।

रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राख्नु भएकाे छ। लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा हुनुहुन्थ्याे।

नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीहरूले ढुंगा मुढा गरेका थिए। ‘कारागारमा रहेका अरू कैदीहरूको सुरक्षाका लागि उहाँलाई छाडिदिएका छौं,’ उहाँले भन्नुभयाे।