• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

आन्दोलनकारीले जलाएको पोखराको घरमा महिलाको शव भेटियो

काठमाडौं । पोखरा नयाँबजारस्थित आन्दोलनकारीले जलाएको एक घरमा  महिलाको शव भेटिएको छ ।

नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको हो ।

आगजनी भएको घरको गाडीको सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो । उनी यही घरमा काम गर्ने महिला रहेको प्रहरीले जनाएको छ ।

मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।