• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ कांग्रेसले भन्यो ‘आस्थाको धरोहरमा आगजनी निन्दनीय छ’

बागलुङ । नेपाली कांग्रेस बागलुङले जेनजीको आन्दोलनको क्रममा पार्टी कार्यालय जलाइनु अमानवीय र लाकतन्त्रमाथीको प्रहार भएको जनाएको छ ।

आज नेपाली कांग्रेस बागलुङका सभापती जित शेरचनले एक विज्ञप्ती जारी गर्दै युवाहरुले आन्दोलनका क्रममा जीवन गुमाउनु हुने सम्पूर्ण युवाहरुका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।

देशमा भ्रष्ट्रचारको अन्त्य, सुशासन र समुन्नतिका लागि उठेको आवाजहरुलाई लोकतान्त्रिक प्रणालीको बाटोबाट निरुपण गर्नुपर्ने सुझाव दिदै शेरचनले जुनसुकै परिस्थितिमा पनि राष्ट्रियता र लोकतन्त्र प्रति प्रतिबद्ध रहदै राष्ट्र हितका निम्ति जिम्मेवार भूमिका निर्वाह गर्न दृढ रहेको बताउनुभएको छ ।

उहाँले आन्दोलनको क्रममा यही भाद्र २३ गते मंगलबार मानवीय क्षेति र २४ गते सोमबारका दिन हाम्रा धरो हरहरु माथि भएको आगजनी निन्दनीय रहेको बताउनुभएको छ ।

कांग्रेसले नागरिक अधिकारको रक्षाका निम्ति अविरल सङ्घर्ष गरेका नेता नेपाली काँग्रेसका सभापति, पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा माथि भएको आक्रमण तथा सबै भौतिक आक्रमणहरुका प्रति समेत कांग्रेस पार्टीले भत्सना गरेको छ ।