• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

पर्वत समाज कतारद्वारा उपाध्यक्षलाई बिदाइ

कतार । पर्वत समाज कतारले उपाध्यक्ष तथा सस्थाको संरक्षकत्वमा स्थापित पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषका सह–कोषाध्यक्ष भिम पौडेललाई बिदाइ गरेको छ ।

वैदेशिक रोजगारिको शिलशिलामा २७ वर्षको कतार बसाँइ विट मार्दै स्वदेश फर्कन लागेका पौडेललाई बुधबार एक कार्यक्रमका बीच दोसल्ला ओढाएर मायाको चिनो सहित बिदाइ गरिएको हो ।

संस्थाका प्रमुख संरक्षक छबिलाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संरक्षक अजय विश्वकर्मा र श्यामलाल न्यौपानेले पर्वत समाज कतारमा जोडिएर पौडेलले गरेको योगदान प्रति सस्था सदैव आभारी हुने भन्दै नेपालमा रहदा पनि मानवीय एवं सामाजिक सेवामा जोडिन अनुरोध गर्नुभयो । विभिन्न बाध्यताले प्रदेश आएका सबैको इच्छा प्रवासको बसाइँ बिट मारेर परिवार संग बिताउने रहेको भन्दै बिदाइ गर्दे गर्दा केही नरमाइलो भएपनि मातृभुमीमा फर्कने कुराले आफुहरु खुशी नै रहेको बताउनुभयो ।

सो अवसरमा बिदाइ भएर स्वदेश फर्कन लागेका समाजका उपाध्यक्ष पौडेलले समाजको संरक्षकत्वमा विदेशमा पनि परिवार जस्तै भएर बस्ने वातावरण मिलेको भन्दै भौतिक रुपमा कतारदेखि टाढा भएपनि सस्थाले गर्ने हरेक गतिविधिमा सक्रिय सहभागिता रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

पर्वत समाज विभिन्न उतारचढावका बिच पनि मानवीय एवं समाजिक कार्यमा सक्रिय रहँदै आएको भन्दै पौडेलले आगामी दिनमा पनि सस्थाको यो सक्रियताका रहिरहोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सेवक विश्वकर्माले गर्नुभएको थियो ।
निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वतझ भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको पर्वत समाज कतार कतार संगै गृह जिल्लामा विभिन्न मानवीय एवं सामाजिक सेवाका काम गर्दे आएको छ ।