बागलुङ । लामो समयदेखि बागलुङमा सेवा दिदै आएको एसके ड्रिम ब्यूटी स्टुडियोले पर्वतमा शाखा विस्तार गरेको छ ।
आफ्ना सेवाग्राहीको सजिलोका लागि पर्वतको कुश्मा बजारमा समेत स्टुडियोको शाखा विस्तार गरेको स्टुडियोकी सञ्चालक शौन्दर्यकला व्यवसायी सुशिला केसीले बताउनु भयो ।
कुश्मा बजारको धनेश्वर चोकमा सञ्चालनमा ल्याइएको शाखाको कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानी रिजालले उद्घाटन गर्नु भएको थियो । शाखाको उद्घाटन गर्दै नगर उप्रमुख रिजालले पछिल्लो समय फस्टाउँदै गएको सौन्दर्यकला व्यवसायले व्यक्तिलाई सुन्दर मात्र नबनाएर रोजगारिको समेत सिर्जना भएको बताउनु भएको थियो ।
उहाँले वैदेशिक रोजगारिमा जाने युवाहरुको लर्काे लागिरहेको समयमा स्वदेशमै जिल्ला जिल्लामा शाखा विस्तार गरेर व्यवसाय विस्तार गर्नु प्रेरक काम भएको बताउनु भयो ।
लामो समयदेखि दैेनिक दिइने सेवासँगै विवाह, विभिन्न पार्टी, कार्यक्रममा मेकअप र सो सम्बन्धी तालिम समेत दिदै आएको एसके ड्रिम व्यूटी स्टुडियोको शाखा कुश्मामा विस्तार भएसँगै यस क्षेत्रका युवतीहरुले समेत गुणस्तरिय सेवा लिन सक्ने छन् ।

शाखाले बागलुङ र कुश्मा शाखामा गरेर ९ जनालाई रोजगारी दिएको छ । शाखा उद्घाटन कार्यक्रममा ग्लोबल आइएमई बैंक कुश्मा शाखाका प्रबन्धक श्याम शर्मा, सिटिजन लाइफ इन्सुरेन्स कुश्मा शाखाको प्रवन्धक पुनम शर्मा, होटल व्यवसायी प्रमिला केसी लगाएतको उपस्थिती रहेको थियो ।
शाखा सञ्चालनको अवसर पारेर एसके ड्रिमले विभिन्न छुट अवसरमा सेवा दिइरहेको सञ्चालक दिपेश गौतमले जानकारी दिनुभयो ।
