• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

धाैलागिरी आयुर्वेद अस्पताल बागलुङमा स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

बागलुङ । धाैलागिरी आयुर्वेद अस्पताल बागलुङले असोज २९ गते स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बालबालिकाको शारिरीक, मानसिक वृद्धि र विकासको लागि यो कार्यक्रम संचालन गर्न लागिएको हो ।

कार्यक्रममा अन्तरगत लक्षित उमेर समूह अर्थात असोज २९ गतेसम्म १ वर्ष पुगी ५ वर्ष ननाघेका बालबालिकाहरुलाई स्वर्ण प्राशनको थोपा खुवाइने अस्पतालले जनाएको छ । बिहान ७ बजेदेखि १० बजेसम्म स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गरिने भएको हो ।

कार्यक्रममा सहभागी हुन १ वर्ष पुगेर ५ वर्ष ननाघेका आफ्ना बच्चाहरुलाई अभिभावकले जन्मदर्ता वा खाेप कार्डकाे फोटोकपी लिएर आउन अस्पतालले आग्रह गरेको छ ।