म्याग्दी। इतिहास बोकेको हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै आधुनिक समय सुहाउँदो बनाउनु पर्ने बेनीमा आयोजित कार्यक्रममा बताइएको छ ।
हुलाक सेवा सम्बन्धी स्थानीय तह सँग अन्तरक्रिया कार्यक्रममा सहभागीले पहिला जस्तै जनताको चासो र विश्वास हुलाकमा ल्याउनका लागि प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिएका हुन् । हुलाकलाई समयानुकुल परिमार्जन गर्दै चुस्त, छरितो, प्रविधिमैत्री तथा विश्वसनीय बनाउनुपर्नेमा जोड दिइएको हो ।
हुलाक सेवा विभागले म्याग्दीका स्थानीय तहसँग आयोजित कार्यक्रममा सिमित स्रोतसाधन, जनशक्तीका कारण समस्या झेल्दै आएको हुलाकलाई प्रयाप्त स्रोतसाधन सहित आधुनिक सेवामार्फत सेवाग्राहीलाई आर्कषित गर्नुपर्ने बेनी नगरपालिका ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिकी कार्यबहाक प्रमुख डिलकुमारी खत्रीले हुलाकको महत्व तथा प्रयोगलाई बढाउन स्रोतसाधनको आवश्यकता रहेको बताउनुभयो । हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हुलाक आम जनताको साथी भएको बताउँदै हुलाक अहिले पनि बिश्वासीलो तथा भरपर्दो माध्यम भएको जिकिर गर्नुभयो । उहाँल नेपालका स्थानीय पर्यटकीय तथा धार्मिम महत्वका स्थल एवम् महत्वपूर्ण स्थलको बिश्वब्यापी प्रचारमा हुलाकको निकै ठूलो हात रहेको बताउनुभयो । विभिन्न स्थान, बस्तु तथा हरेक महत्वपूर्ण सामग्रीको पनि हुलाक टिकट प्रकाशन गर्दै विश्वभर प्रचारमा हुलाकको भूमिका रहेको महानिर्देशक मनमायाँको भनार्य थियो ।
कार्यक्रम पछि आमसर्वसाधारणको पहुँचसम्म हुलाक सेवा पु¥याउन जिल्ला हुलाक कार्यालय म्याग्दीले १० बँुदे घोषणापत्र जारी गरेको थियो । म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकाय, निजी संघसंस्था, विद्यालय, वित्तीय संस्था सहितको उपस्थितीमा भएको कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक लिलाराम पौडेलले हुलाक सेवाको परिचय र वर्तमान स्वरुपको बारेमा जानकारी गराउनु भएको थियो । विभागका शाखा अधिकृत शालिकराम बस्यालले हुलाक सेवाको विविध सेवा सम्बन्धी प्रस्तुती, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापाले म्याग्दी हुलाकको प्रगति तथा सेवा सम्बन्धि, महानिर्देशक भट्टराइले हुलाक सेवाको रुपान्तरण र यसको भविस्य सम्बन्धि प्रस्तुती गर्नुभएको थियो । म्याग्दीको हुलाक कार्यालयले रुपान्तरित सेवा अन्तरगत इ–कमर्सको अवधारणाको प्रयोगसँगै चिठीपत्र बाहेक खाद्यान्न साम्रागी लत्ताकपडा, मोबाइल, औषधि लगायतका मालसामान पठाउने गरेको छ । म्याग्दीमा पाँचवटा पालिकास्तरीय हुलाक र अतिरिक्त हुलाक २९ वटा छन् भने हुलाकी १ र हल्कारा २६ जना कार्यरत रहेको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।