बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले तीनजना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड सहित तीन कार्यालयलाई सम्मान गरेको छ । सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा आन्तरिक राजस्व कार्यालय बागलुङले घलेम्दी हाइड्रो लिमिटेड र पर्वतको दि क्लिफ प्रा.लि. पनि सम्मानित भएका छन् । ग्रिन डेभलपमेन्ट बैंकले रु.दुई करोड ६५ लाख ८१ हजार ५३३ आयकर दाखिला गरी पहिलो स्थान हासिल गरेको छ । म्याग्दीको घलेम्दी हाइड्रो लिमिटेडले रु.७८ लाख ९४ हजार ६७२ दाखिला गरी दोस्रो र दि क्लिफ प्रा.लि.ले रु.२८ लाख १२ हजार ३४३ दाखिला गरी तेस्रो स्थान हासिल गरेको कार्यालयका प्रमुख कर अधिकृत कपिल सिलवालले जानकारी दिनुभयो । उहाँले कर तिर्नु कानुनी दायित्व मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारीसमेत भएको बताउनुभयो ।
कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु. एक अर्ब ८३ करोड राजस्व संकलनको लक्ष्य पाएकोमा हालसम्म एक अर्ब ३४ करोड संकलन गरेको जनाएको छ । कार्यालयले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहबाट करदाता सेवा विस्तार गरिरहेको छ ।