आत्मनिर्भर साना किसान कृषि सहकारीको साधारणसभा
म्याग्दी । मालिका गाउँपालिका ६ दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । दरवाङमा भएको साधारणसभामा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारीले नाफा गर्ने मात्र नभएर व्यवसायीक बन्नु पर्ने बताउनुभयो । सहकारीले श्रम सँगै प्रविधिको पनि प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनुभयो । सहकारीले चाउमिन उत्पादन गर्न थालेको र […]