बागलुङ । बागलुङको गलकोट निवासी साहनी परिवारले मानवसेवा आश्रमको भवन निर्माणका लागि ५० हजार ५ सय ५ रुपैया सहयोग गरेका छन् ।
गलकोट नगरपालिका वडा नम्बर ३ निवासी ससुरा स्वर्गीय तिल बहादुर साहनी, सासु स्वर्गीय डिल कुमारी साहनी तथा स्वर्गीय पति अमर बहादुर साहनीको सम्झनामा लिला साहनी तथा उहाँका छोरा याम बहादुर साहनीले आश्रमको भवन निर्माणका लागि सहयोग गर्नु भएको हो ।
साहनी परिवारले महायज्ञ पूर्व नै आश्रमलाई सो सहयोग रकम उपलब्ध गराएको महायज्ञ आयोजक समितिले जनाएको छ । महायज्ञबाट आश्रमको भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने लक्ष्य राखिएको छ । आश्रमले महायज्ञको प्रचार प्रसारलाई तिब बनाइरहेको छ । महायज्ञ नजिकिएसंगै भवन निर्माणका लागि सहयोग गर्नेहरुको संख्या बढीरहेको छ ।
सडक आश्रित तथा असहाय व्यक्तिहरुको उद्धार, संरक्षण र पुनस्थापनाका लागि निर्माणाधिन भवनका लागि सहयोग गर्नेहरुलाई आश्रम परिवारले धन्यवाद ज्ञापन गरेका छन् ।
