बागलुङ । नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक तथा एमाले बागमती प्रदेश कमिटि सदस्य बद्री प्रसाद लम्सालले ४० वर्षे सक्रिय राजनीतिबाट विदा लिनु भएको छ ।
४ दशक लामो पूर्णकालिन राजनीतिबाट विदा लिएको छु, पार्टी भित्र गुनासो गरेर बस्न तथा गुटबन्दीको बिल्ला भिरेर बस्नु भन्दा राजनीतिबाट विदा भएर खुशीसाथ बस्नका लागि अन्तरमनबाट विदा हुने निर्णय लिएको छु, नेकपा एमाले मकवानपुरका पूर्व अध्यक्ष समेत रहेका लम्सालले आइतवार सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ । २०३६ सालको आन्दोलनबाट प्रभावित भई २०३७ सालमा अनेरास्ववियूमा संगठित भएर तत्कालिन नेकपा माले हुदै हालको नेकपा एमालेमा ४ दशकदेखि पूर्णकालिन रुपमा काम गरेको जानकारी गराउदै लम्सालले विभिन्न जिम्मेवारी हुदै जिल्ला अध्यक्षसम्मको भूमिका पुरा गरेको तर पछिल्लो समय पार्टीमा काम गर्ने वातावरण नभएका कारण पार्टीबाट विदा लिएको जनाउनु भएको छ ।
आफुलाई दिइएको जिम्मेवारी इमान्दारितापूर्वक सम्पन्न गरेको दावी गर्दै नेता लम्सालले पछिल्लो समय राजनीतिबाट छेउ किनारा लगाउने, विचलनमा पार्ने प्रयत्न भएको आरोप लगाउनु भएको छ । खासमा पार्टी भित्र गुट हावी छ, गुटलाई जोडसंग बोक्न नसक्नेहरु, गुटका पनि अनेक उपगुटका नेताहरुलाई खुशी बनाउन नसक्नेहरु अब राजनीतिमा टिक्न सक्ने अवस्था छैन, लम्सालले भन्नुभयो, –‘राजनीतिक दलका वर्तमान नेतृत्वहरुको काम र भूमिकाबाट मुलुकलाई सही गन्तव्यमा लैजाने अवस्था पनि देखेको छैन ।’
पार्टी भित्र कर्नरमा परेपछि लम्सालले सक्रिय राजनीतिबाट विदा लिएको समकालिनहरुले बताएका छन् । लम्साल राष्ट्रिय सहकारी महासंघमा यस भन्दा पहिला पनि एक कार्यकाल सञ्चालक भइसक्नु भएको छ । जिल्ला सहकारी संघ लिमिटेड मकवानपुरको पूर्व अध्यक्ष लम्साल राजनीतिसंगै विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आउनु भएको छ । २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मकवानपुर जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित लम्साल लो प्रोफाइलमा रहेर राजनीतिमा सक्रिय रहदै आउनु भएको छ ।
राजनीतिमा युवा पुस्ताको सहभागिताको विषय व्यापक भएकै बेला हालै सम्पन्न एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा २०४८ सालको संसदीय निर्वाचन र २०४९ सालको स्थानीय तह निर्वाचनदेखि हालसम्म निरन्तर उमेदवार हुने, सांसद मन्त्री लगायतको पदमा पुगेकाहरु समेत उमेदबार बनेर जित हासिल गरेका छन् । लम्सालले सामाजिक सञ्जालमार्फत सक्रिय राजनीति छोडेको यसरी उल्लेख गर्नु भएको छ ।
उहाँको अभिव्यक्ति यस्तो छ
कलिलो उमेरमा नै २०३६ को जनआन्दोलनबाट प्रभाबित भएर२०३७सालमा अनेरास्वबियुमा संगठित जिवन शुरुआत गरि विद्यार्थीसंगठनको युवा संघको र किसान संगठनको समेत जिल्ला नेतृत्वमा रहेर काम गरियो पार्टि कमिटीमा पनि बिभिन्न तहमा हुदै लामो समय काम गर्दै जिल्लाको नेतृत्वमा समेत रहेर जिम्मेवारि पुरा गरियो साथै जननिर्वाचित प्रतिनिधि र बिभिन्न सामाजिक एवं सामुदायिक संघ संस्थामा रहेर काम गर्ने अवसर प्राप्त भयो।राजनैतिक जिवनका यो क्रममा २०३७ देखि २०६३ सम्मका सबै आन्दोलनमा र अन्य अभियानमासक्रियतापुर्वक अग्रभागमा रहेर लागियो भने पंचायत कालमा भुमिगत पुर्णकालिन संगठकको भुमिका र जेल जिवनको अनुभव समेत प्राप्त भयो ।
हालसम्म आईपुग्दा करिब ४० बर्ष पुर्णकालिन राजनितिककर्मी भयर बिताईए छ। माथिका यी भुमिका निर्बाहा गर्दा पार्टी रनेतृत्वबाट सहयोग हौसला प्राप्त हुन्थ्यो र त्यसबाट प्रभावित भई उर्जाशिल भयर काम गरियो ।बिगतमा ईमान्दारीपुर्वक सक्रिय भयर काम गर्ने क्रममा आफ्नै पार्टि भित्रबाट कयौ पटक छेउ किनारा लगाउने राजनितिबाट नै बिचलन गराउने प्रयास गरियो तर अविचलित रुपमा आजका दिनसम्म एक दिन पनि कमिटी र जिम्मेवारीबाट बाहिर नबसी काम गर्दै आयकोमा करिब एक बर्ष देखि लामो समय देखि एकै प्रकारको भुमिका आफुमात्र बसिरहदा नयाले अवसर पनि नपाउने आफुले पनि मन खुलेर काम गर्न पनि नसक्ने,त्यसै गरि जिम्मेवारि र कामको कमिटी भित्र मुल्याङकन हुदैन नेतृत्वको अपेक्ष्या सकृय भुमिका बढाउनु भन्दाखुम्च्याउदै लान खोज्ने र अझ मुख्यगरि वर्तमानका राजनैतिक पार्टिहरुका नेतृत्वहरुको भुमिका र ब्यबहारले देशलाई ठिक गन्तब्यमा पुराउछ भन्ने विश्वास नै मरेको हुदाअब यस्तो राजनैतिकसकृयताको केही काम छैनभनि सकृयता घटाउन पर्छ कि भन्ने अन्तरमनमा लागेर कुनै घोषणा नगरि निस्कृय पुर्बक हराउन खोजेको थिय तर अघोषित रुपमा बस्दा परिस्थितिले हराउन दिदोरहेनछ त्यसैले सार्वजनिक रुपमा नै आज देखि पार्टिको कुनै पनि सदस्यता र जिम्मेवारीमा नरहने निर्णय गरि करिब ४० बर्षिय सकृय राजनितिबाट बिदा लिएकोसबैमा जानकारीको लागि घोषणा गरेको छु।राजनिति गर्ने भन्ने कुरा अन्तरआत्मा बाटै आउने र स्वेच्छिक पनि रहेछ ।
अन्तरमनबाटै जाग्यो भने मान्छेले जिवननै समर्पण गर्छ मन मरे पछि जब्बरजस्त केही काम पनि गर्दैन गरिहाले पनि सकारात्मक परिणाम दिदैन।त्यसैले पार्टिभित्र गुनासो गरेर वा गुटबन्धि गरेर बस्नु भन्दा राजनितिबाटनै स्वतन्त्र भयर खुसिसाथ हिड्नु ठिक लागेर यो निर्णयमा पुगेको छु।पार्टि निर्माण हुदाको शुरुअबस्था देखि नै आफुले पनि रगत पसिना बगायको र जिन्दगीका उर्जासिल उमेर समेत त्यसकै लागि दियको हुदा परित्याग गर्न गाह्रो नै पर्दोरहेछ खैर केही छैन।ब्यक्तिगत रुपमा कोही प्रति गुनासो छैन जिन्दगीको यात्रामा हासिखुसी सबैसंग हातेमालो गरौला अन्तमा मलाई केही गर्न सक्ने बनायकोमा र बिभिन्न क्षेत्राम मलाई भुमिका दियकोमा पार्टिप्रति आभारीछु धन्यवाद ब्यक्त गर्दछु। बद्री प्रसाद लम्साल बागमति प्रदेश कमिटी सदस्य नेकपा एमाले