बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले पतञ्जलि योग समिति बागलुङसँगको सहकार्यमा योग शिविर सम्पन्न गरेको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालको आव्हनमा विभिन्न सप्ताहव्यापी कार्यक्रम गरेको क्लबले बिहीबार योग शिविर सम्पन्न गरेको हो ।
मानसिक स्वास्थ्यका लागि योग ध्यान र प्रणायम जरुरी भएको भन्दै योग शिविर सञ्चालन गरिएको लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष प्रकृती राजभण्डारीले बताउनु भएको थियो ।
योग शिविरमा पतत्तजली योग समिति बागलुङका प्रभारी हिराबहादुर केसी, लायन्सका डिपार्टमेन्ट चिफ नारायण आचार्य र लायन्स क्लब अफ बागलुङ युनियनका अध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मण कार्कीले मानसिक स्वास्थ्य र योगको प्रभावकारीताका विषयमा शुभकामना व्यक्त गर्नु भएको थियो ।
शिविरमा सहभागी भएका लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका सदस्यलाई पतञ्जलि योग समिति बागलुङका प्रभारी हिराबहादुर केसी, महिला पतञ्जलि योग समिति बागलुङका प्रभारी कल्पना श्रेष्ठ, उपप्रभारी सीता सापकोटा र महामन्त्री सिर्जना पन्तले योगका विधि र प्रक्रिया गराउनु भएको थियो । सुर्य नमस्कार, शुक्ष्म व्याम, विभिन्न प्रणायम, ध्यान र विभिन्न योगका अभ्यास गराइएको थियो ।
बागलुङ जिल्लामा क्रियाशिल विभिन्न १४ वटा लायन्स क्लबहरुले सप्ताहव्यापी रुपमा फरक फरक कार्यक्रम गरिरहेका छन् । सोही अन्तर्गत लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले पतञ्जलि योग समितिसँगको सहकार्यमा योग शिविर सञ्चालन गरेको क्लबका अध्यक्ष प्रकृती राजभण्डारीले बताउनु भयो ।
