बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर ३ घर भइ हाल अमेरिका रहेकी रुद्रा केसीले मानवसेवा आश्रमको भवन निर्माणका लागि ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नु भएको छ ।
आश्रमको भवन निर्माणका लागि कात्तिक २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयोजना गरिएको छ । केसीले महायज्ञ पूर्व नै आश्रमलाई सो सहयोग रकम उपलब्ध गराउनु भएको हो । 
महायज्ञबाट आश्रमको भवन निर्माण र अक्षयकोष बृद्धि गर्ने लक्ष्य राखिएको छ । आश्रमले महायज्ञको प्रचार प्रसार तिव्र बनाई रहेको छ । महायज्ञ नजिकिसँगै भवन निर्माणका लागि सहयोग उठ्ने क्रम बढि रहेको छ ।
सडक आश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण र पुनस्र्थापनाका लागि निर्माणाधीन भवनमा सहयोग प्रदान गरेको भन्दै आश्रम परिवारले धन्यवाद ज्ञापन गरेका छन् ।
