• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday

कालिका मन्दिरमा भक्तजनको भीड

  • २०८३ कार्तिक १, शनिबार

बागलुङ । शनिबार फूलपातीको दिन प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । बाढीले पहुँचमार्ग बगाउदा मालढुङ्गाको पुल बन्द हुँदा घटस्थापनाका दिन सुनसान रहेको मन्दिरमा असोज २६ गते पुल सञ्चालनमा आएपछि भक्तजनको चहलपहल बढेको हो ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार शनिबार फूलपातीका दिन मन्दिरमा अत्यधिक संख्यामा दर्शनार्थी आएका थिए । यस वर्ष दसैँमा पाँच लाख भक्तजन आउने अनुमान गरिए पनि सुरुआती दिनमा बाढीपहिरोका कारण आगमन प्रभावित भएको थियो ।

चितवन, बुटवल, स्याङ्जा, पोखरा तथा छिमेकी जिल्लाबाट भक्तजन दर्शनका लागि आउने गरेका छन् । होटल व्यवसायी अर्जुन चोखालले पुल सञ्चालनमा आएपछि पर्यटक तथा यात्रुको चहलपहल बढेको बताउनुभयो ।
धार्मिक आस्था र ऐतिहासिक महत्त्व बोकेको कालिका भगवती मन्दिरमा दसैँ र चैतेदसैँमा विशेष भीड लाग्ने गर्छ । मन्दिर विसं १५९१ मा भएको स्थापना भएको थियो ।

  • २०८३ कार्तिक १, शनिबार