आज हरितालिका तिज मनाइँदै
हिन्दुको महान् चाड हरितालिका तिज आइतबार दर खाएर सुरु भएको छ । महिला दिदीबहिनीले आइतबार दर खाने र सोमबार दिनभर व्रत बसेर आआफ्नो श्रीमान् तथा घरपरिवारको सुख समृद्धिको कामना गर्दछन् । तिजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । […]