• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

इष्टुको तस्बिर फेरि भाइरल !

काठमाडौं
पछिल्लो समय सामाजिक सञ्जालमा महिलाको पहिरनलाई लिएर टिप्पणी र गाली गलौच गर्ने क्रम बढेको छ । यस्ता टिप्पणीका कारण कतिपय अवस्थामा महिलाहरु तनावमा समेत पर्ने गरेका छन् । चर्चित कलाकार एवं मोडल इष्टु कार्की यसअघि माईपोखरीमा खिचेको तस्बिरका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी थिइन् ।

यसपटक कार्कीले स्विमिङ पुलमा विकिनी लगाएर खिचेका केही तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । ‘विकिनी सिजन इज माई रिजन’ देखेर उनले पोस्ट गरेका तस्बिरहरुलाई लिएर उनीमाथि गालीको वर्षा गरिएका कमेन्टहरु आएका छन् ।

नेपाली समाज खुलापनतिर अघि बढिरहेको छ । विकसित देशमा महिलाले छोटा लुगा लगाएर हिँड्दा समान्य रुपमा लिने गरिन्छ । तर, नेपाली समाजमा भने महिलाको पहिरनलाई लिएर लागीगलौच गर्ने क्रम अझैसम्म यथावत नै छ ।

स्विमिङ पुलमा महिला पुरुषहरु सामुहकि रुपमा पौडी खेल्छन्, जसलाई सामान्य रुपमै लिने गरिन्छ । एक जना कलाकारले स्विमिङ कस्टम लगाएको खिचेको तस्बिरलाई आजको सभ्य समाजमा सामान्य रुपमै लिने हो कि रु यस्तो तस्बिरमाथि आलोचना गरेर कमेन्ट गर्दा आफ्नै सांस्कृतिक स्तर पो प्रदर्शित हुने हो कि रु पुरुष जगतले सोच्नुपर्ने देखिन्छ ।

तस्बिर स्रोत : इष्टु कार्कीको फेसबुक