• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday

रास्वपा उपसभापति वाग्ले बागलुङ आउदै

बागलुङ ।  प्रमुख राजनीतिक दलहरु यतिबेला आ–आफ्नै सुरमा पार्टी निर्माणको अभियानमा छन् । नयाँ दलहरु आन्तरिक व्यवस्थापनमा छन् । संसदमा रहेका दलहरु मध्ये नेपाली कांग्रेस र एमाले पुनस्थापनाको ढोक्सासंगै निर्वाचनको तयारीमा पनि छन् । एमाले ११ औं महाधिवेशनको अन्तिम चरणमा छ भने कांग्रेसले महाधिवेशन तयारीसंगै उमेदवार सिफारिसलाई पनि तिब्रता दिएको छ । यद्यपी दुइ ठुला दलको बल पुगेसम्म उनीहरु संसद पुनस्थापनाकै पक्षमा छन् ।

संसद पुनस्थापना गरेर कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा एमाले अध्यक्ष ओली र देउवाबीच छलफल चलेको चर्चा सार्वजनिक नै छ । डेढ दर्जन पार्टीबीच एकीकरण गरेर बनेको नेपाली कम्युनिष्ट पार्टी सन्देशसभा गर्दै हिडेको छ । हामी एकीकृत भयौ, हामी कांग्रेस एमालेको वैकल्पिक शक्ति हौ भन्ने सन्देश नेकपाले प्रदेश, जिल्ला हुदै पालिकातहसम्म पु¥याउदै छ । २०७९ मंसिरमा भएको आम निर्वाचनको केही समय पहिला गठन भएर संसदको चौथो ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी भने यतिबेला चुनाव केन्द्रीत अभियानमा छ ।

बागलुङमा हालै सम्पन्न जिल्लाको विस्तारित वैठकले दुवै क्षेत्रमा निर्वाचन परिचालन कमिटि गठन गरेर निर्वाचनमा होमिएको सन्देश प्रवाह गरिरहेको छ । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले पुस ४ गते शुक्रवार बागलुङ आउने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । निर्वाचन केन्द्रीत अभियान सहित मुलुकको राजनीतिक गतिविधिका बारेमा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिनका लागि वाग्ले बागलुङ आउन लागेको रास्वपा जैमिनी नगर सभापति राजेन्द्र शर्माले जानकारी गराउनु भएको छ । कार्यक्रममा अन्य पार्टीबाट रास्वपामा प्रवेश गर्नेहरुलाई स्वागत गरिने समेत जनाइएको छ । रास्वपाका सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागारमा रहेको समयमा पार्टीको आधिकारीक धारणा प्रवाह गर्ने काम उपाध्यक्ष वाग्ले सहितका नेताहरुले गर्दै आएकाले पनि कार्यक्रम प्रभावकारी र सन्देशमुलक हुने रास्वपा नेता खिमानन्द कंडेलले जानकारी दिनुभयो ।