बागलुङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य क्षेत्रमा धौलागिरि अस्पतालले फड्को मारेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशमै नविनतम मोडलमा धौलागिरि अस्पताल चलेको स्थलगत निरिक्षणका क्रममा पाइएको बताउनुभयो । गण्डकी प्रदेश सकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताउदै संघीय सरकारले सघाउने बताउनुभयो । धौलागिरि अस्पतालको अवलोकनपछि मन्त्री गौतमले अस्पतालले ल्याएका नयाँ काम र सोच अन्य अस्पतालमा समेत लागु गर्नुपर्ने बताउदै मनोरोगको चिकित्सक पठाउन पहल गर्ने बताउनुभयो । उहाँले मेडिकल शिक्षा अध्ययनका लागि आफूले नीतिगतरुपमा अस्पताललाई सघाउने जानकारी दिनुभयो ।
मनोरोग तथा छाला रोग बिशेषज्ञ चिकित्सकलाई बागलुङ पठाउन सहयोग गर्ने र धौलागिरी अस्पतालमा नर्सिङ कलेज स्थापनाका लागि समितिमा छलफल अगाढी बढाउने मन्त्री गौतमले प्रतिवद्धता जनाउनुभएको थियो । मन्त्री गौतमले अस्पतालको इमरजेन्सी, आइसियु देखि बालरोग वार्ड सम्मको अवलोकन गराउनुभएको थियो ।
मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको जानकारी दिइन् ।
सरकारी स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाका पु¥याउनका लागि विभिन्न नीति र योजना बनाउनुनपर्नेमा दिनुभयो । सो अवसरमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, धौलागिरी प्रदेश अस्पताल बागलुङका अध्यक्ष श्री प्रसाद शर्मा, अस्पतालका प्रमुख किरण तिवारीले अस्पतालको जनशक्ति, उपकरण, लगायतका समस्याको विषयमा जानकारी गराउनुभएको थियो ।