• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday

दसैँको उमङ्ग, सिगानामा चर्खेपिङको रौनक

  • २०८३ कार्तिक ५, बुधबार

बागलुङ । पछिल्लो समय लोप हुँदै गएको चर्खेपिङ सिगाना गाउँमा भने तीन वर्ष यता निरन्तरता पाएको छ ।

बागलुङ नगरपालिका–८ सिगानामा बडादसैँको अवसरमा बनाइएको परम्परागत चर्खेपिङले दसैंको रौनकता थपेको छ ।

बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकदेखि लोप भएको चर्खेपिङ व्यक्तिगत पहलमा संरक्षण गरिएको हो ।

खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ पूर्ववडाअध्यक्ष राज जिसीले आफ्नै चर्खेपिङ हाल्दै लोप भएको परम्पराजगेर्ना गर्नु भएको मात्रै छैन रौनकता थपेको छ ।

हराएको चर्खेपिङ हालेपछि सिगाना र तित्याङमा रौनकता थपेको स्थानीय रन्जित कार्कीले जानकारी दिनुभयो  ।

पछिल्लो समय लिङ्गेपिङ, चर्खेपिङ लोप भईसकेको अवस्थामा सिगानामा हालिएको चर्खेपिङले परम्पराको जगेर्ना र दसैंमा पिङ खेल्नेपरम्पराले निरन्तरता पाएको छ ।

  • २०८३ कार्तिक ५, बुधबार